१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने संसदीय समितिको निर्णय



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको बन्धनमा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने निर्णय गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले अन्तर्राष्ट्रिय समुदायसँग बिना शर्त रिहाई गर्न आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिन जोशीको बिना शर्त अविलम्व रिहाईको लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले नेपाल कुनैपनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालका नागरिकलाई कुनैपनि कारणबिना बन्धक बनाइनु नहुने बताउनु भयो । उहाँले साथै समितिको बैठकले समितिको ६ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको बताउनु भयो । उहाँले कार्यदलले समितिको प्राथमिकीकरण कुन विषयलाई कहिले टुंग्याउने भन्ने निस्कर्ष निकाल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली युवा जो इजरायल जानुभएको थियो विपिन जोशी । हमासले इजरायलमा आक्रमण गर्दा विपिन जोशीलाई बन्धक बनाएको भन्ने छ तर अहिलेसम्म जानकारी छैन । विपिन जोशीको बिना शर्त अविलम्व रिहाईको लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गरेका छौँ । नेपाल कुनैपनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनैपनि कारणबिना यसरी बन्धक बनाइनु हुँदैन ।’

‘यो समितिको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरण ६ महिनाको लागि तय गर्न एउटा कार्यदल निर्माण गरेका छौँ । त्यो कार्यदल यो समितिको सभापति राजकिशोर यादवको संयोजकत्वमा ९ जना समितिका सदस्यहरु छौँ । यो कार्यदलले प्राथमिकीकरण र केके गर्ने, कुन विषयलाई कहिले राखेर कहिले टुंग्याउने भन्ने निस्कर्ष निकाल्छौँ । त्यसको लागि राजकिशोर यादव, उदय समशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा. धवल समशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल, सम्झना थपलियालाई राखेर ९ सदस्यीय कार्यदल बनाइएको छ ।’

कार्यदलका संयोजक राजकिशोर यादवसहित सदस्यमा उदय समशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा. धवल समशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल, सम्झना थपलिया हुनुहुन्छ ।