५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुले किन पदको गरिमा राख्दैनन् ?



अ+ अ-

काठमाडौ।पछिल्ला केही दिन यता मन्त्रीहरु 'काम देखाउन' का लागि अनुमगन वा निरिक्षणमा सडकमा उत्रिएका छन्।मन्त्रीहरुले फिल्डमा प्रयोग गरेको शक्ति वा वललाई अझ एक्सनमा मन्त्री भन्दा उनिहरु झनै हौसिएका छन् ।यसमा अग्रमोर्चामा देखिएका छन् पर्यटनमन्त्री प्रेम आले,सहरी बिकासमन्त्री  रामकुमारी झाँक्री र श्रम मन्त्री किसान श्रेष्ठ ।

यसरी सडकमा उत्रिएका मन्त्रीहरुलाई पूर्व सचिब शारदाप्रसाद त्रितालले ८ बुँदे सुझाब दिनु भएको छ।पूर्वसचिव त्रितालले मन्त्रीहरु सडक सफा गर्ने स्तरमा उत्रिनु भनेको नगरपालिका तथा गाउँपालिकाका वडा कार्यालयका कर्मचारीदेखि लिएर मन्त्रालयका सचिवसम्मको आवश्यकता छैन भन्ने सन्देश त होला नि भन्दै प्रश्न गर्नु भएको छ ।

त्रितालले दिनु भएको सुझाबहरु-

माननीय मन्त्रीहरुले पदको गरिमा अनुरुप भूमिका निर्वाह गरिदिए कति राम्रो हुन्थ्यो ! मा मन्त्रीहरु सडक सफा गर्ने स्तरमा उत्रिनु भनेको नगरपालिका तथा गाउँपालिकाका वडा कार्यालयका कर्मचारीदेखि लिएर मन्त्रालयका सचिवसम्मको आवश्यकता छैन भन्ने सन्देश त होला ! मा मन्त्रीहरुले पदको गरिमा अनुरुप आफ्नो भूमिका निष्पक्ष रुपमा निर्वाह गरिदिए मात्र पुग्छ ।

 देहायका कार्यमा मा मन्त्रीहरु इमानदारिपूर्वक लागिदिए ठूलो उपलब्धी हासिल गर्न सकिन्छ ।

१ कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम बनाउने ।
२ बनेका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा प्रभावकारी समन्वय गर्ने ।
३ आफु अन्तर्गतका संयन्त्रलाई जिम्मेवार र गतिशिल बनाउने ।
४ मन्त्रालयस्तरीय समाधान समितिमा गहन छलफल गर्ने र तत्काल देखिएका समस्या समाधान गर्ने ।
५ सचिव, विभागीय प्रमुख र महत्वपूर्ण आयोजना प्रमुखहरुसँग निरन्तर छलफल र आपसी संचार गर्ने ।
६ तेरो मेरो नभनी कर्मचारीको कामको सहि मूल्याङ्कन गर्ने ।
७ आफ्ना आसेपासे र विचौलियालाई मन्त्रालय र अन्तर्गतको काममा हस्तक्षेप गर्नबाट रोक्ने ।
८ आफु भ्रष्टाचार नगर्ने र अरुबाट भ्रष्टाचार हुनसक्ने सम्भावना प्रति सजग रहने र निगरानी गर्ने ।