११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुले किन पदको गरिमा राख्दैनन् ?



अ+ अ-

काठमाडौ।पछिल्ला केही दिन यता मन्त्रीहरु 'काम देखाउन' का लागि अनुमगन वा निरिक्षणमा सडकमा उत्रिएका छन्।मन्त्रीहरुले फिल्डमा प्रयोग गरेको शक्ति वा वललाई अझ एक्सनमा मन्त्री भन्दा उनिहरु झनै हौसिएका छन् ।यसमा अग्रमोर्चामा देखिएका छन् पर्यटनमन्त्री प्रेम आले,सहरी बिकासमन्त्री  रामकुमारी झाँक्री र श्रम मन्त्री किसान श्रेष्ठ ।

यसरी सडकमा उत्रिएका मन्त्रीहरुलाई पूर्व सचिब शारदाप्रसाद त्रितालले ८ बुँदे सुझाब दिनु भएको छ।पूर्वसचिव त्रितालले मन्त्रीहरु सडक सफा गर्ने स्तरमा उत्रिनु भनेको नगरपालिका तथा गाउँपालिकाका वडा कार्यालयका कर्मचारीदेखि लिएर मन्त्रालयका सचिवसम्मको आवश्यकता छैन भन्ने सन्देश त होला नि भन्दै प्रश्न गर्नु भएको छ ।

त्रितालले दिनु भएको सुझाबहरु-

माननीय मन्त्रीहरुले पदको गरिमा अनुरुप भूमिका निर्वाह गरिदिए कति राम्रो हुन्थ्यो ! मा मन्त्रीहरु सडक सफा गर्ने स्तरमा उत्रिनु भनेको नगरपालिका तथा गाउँपालिकाका वडा कार्यालयका कर्मचारीदेखि लिएर मन्त्रालयका सचिवसम्मको आवश्यकता छैन भन्ने सन्देश त होला ! मा मन्त्रीहरुले पदको गरिमा अनुरुप आफ्नो भूमिका निष्पक्ष रुपमा निर्वाह गरिदिए मात्र पुग्छ ।

 देहायका कार्यमा मा मन्त्रीहरु इमानदारिपूर्वक लागिदिए ठूलो उपलब्धी हासिल गर्न सकिन्छ ।

१ कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम बनाउने ।
२ बनेका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा प्रभावकारी समन्वय गर्ने ।
३ आफु अन्तर्गतका संयन्त्रलाई जिम्मेवार र गतिशिल बनाउने ।
४ मन्त्रालयस्तरीय समाधान समितिमा गहन छलफल गर्ने र तत्काल देखिएका समस्या समाधान गर्ने ।
५ सचिव, विभागीय प्रमुख र महत्वपूर्ण आयोजना प्रमुखहरुसँग निरन्तर छलफल र आपसी संचार गर्ने ।
६ तेरो मेरो नभनी कर्मचारीको कामको सहि मूल्याङ्कन गर्ने ।
७ आफ्ना आसेपासे र विचौलियालाई मन्त्रालय र अन्तर्गतको काममा हस्तक्षेप गर्नबाट रोक्ने ।
८ आफु भ्रष्टाचार नगर्ने र अरुबाट भ्रष्टाचार हुनसक्ने सम्भावना प्रति सजग रहने र निगरानी गर्ने ।