२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब आफ्नै घरबाट पनि न्याय पाउन सकिन्छ: प्रधानन्यायाधीश श्रेष्ठ



अ+ अ-

काठमाडौँ । उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई (भिडियो कन्फ्रेन्स) बाट मुद्दाको सुनुवाई शुरु भएको छ ।

सवोच्च अदालतले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा भिडियो कन्फ्रेन्सबाट मुद्दाको सुनुवाई शुरु गरेको हो ।

बिहीवार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले देशका चार ठाउँमा उच्च अदालतका इजलासहरुको शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले अब आफ्नैआफ्नै घरबाट पनि न्याय पाउन सक्ने बताउनु भयो । उहाँले नेपालको भूभाग र भूधरातलीय स्थिति हेरेर दुर्गमका जनताहरुलाई आवश्यक पर्ने न्यायको पहुँच सहज हुनका लागि यो काम गरिएको बताउनु भयो ।

उहाँले यसभन्दा अघि सर्वोच्च अदालतले दिपायल उच्च अदालत र इलाम इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई शुरु गरेको थियो । अब मुद्दाको फछ्र्यौट चाँडै हुने, कम खर्चिलो हुने र न्यायमा पहुँच सरल हुने माध्यम बनेको बताउनु भयो । उहाँले कानून व्यवसायीलाई पनि आफ्नै चेम्बरमा बसेर वहस गर्न सकिने फाइदा यस प्रविधिबाट हुने पनि बताउनु भयो । उहाँले आगामी दिनमा थप अध्ययन गरी श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई गर्ने अभियान बिस्तार गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो नेपालको भूभाग भूधरातलीय स्थिति दुर्गम दुर्गमबाट त्यहाँका जनताहरुलाई आवश्यक पर्ने, जनतालाई न्यायमा याचना गर्न आउनेहरुलाई न्यायमा पहुँच सहज हुनका लागि अब आफ्नैआफ्नै घरबाट पनि न्याय पाउन सकिन्छ । यो उदाहरणीय काम हो, यो एउटा न्यायमा पहुँचको लागि महत्वपूर्ण कार्य शुभारम्भ गरेका छौँ । यसभन्दा अघि हामीले दुई ठाउँमा शुरु गरेका थियौँ, एउटा दिपायल उच्च अदालत र एउटा इलाम इजलासमा गरेका थियौँ । त्यहाँ धेरै नै राम्रो लिंकेज छ, एउटा कानून व्यवसायीहरुको हुन्छ, अर्को जेलबाट लिंकेज गरिएको छ । जो थुनामा रहन्छन्, ति व्यक्तिहरुले पनि आफ्नो वहस गर्छन् । जेलमा बसेका कैदीहरुले मेरो केस कसरी कानून व्यवसायीले बहस गर्दैछ ? कसरी बेन्चले हेरिरहेको छ, भन्नेकुरा थाहा पाउँछ ।’

‘यस प्रविधिबाट अब मुद्दाको फछ्र्यौट चाँडै हुने, कम खर्चिलो हुने, यसले गर्दा हामीलाई न्यायमा पहुँच सरल हुने माध्यम बनेको थियो । यही सिलसिलालाई अघि बढाइएको हो । अहिले चार ठाउँमा सबैभन्दा विकट ठाउँमा हो । यसबाट सात कुराहरु गर्छौं, बयान पनि गराएका छौँ । वकपत्र पनि गराएका छौँ । न्याय प्रदान गर्नलाई, प्रमाण संकलन गर्न धेरै नै सरल हुन गएको छ । कानून व्यवसायीलाई पनि आफ्नै चेम्बरमा बसेर वहस गर्न सकिने फाइदा छ । समयको वचत भएको छ । यो कार्यक्रम निरन्तर अघि बढ्छ । अहिले चार ठाउँमा भयो, अझै केही ठाउँमा अध्ययन गर्दैछौँ ।’

प्रधानन्यायाधीश श्रेष्ठले छिटो, छरितो, सरल र सुलभ तपरिकाले न्याय सम्पादन र सबैलाई न्यायमा पहुँच पुर्‍याउन सहयोग पुग्ने उद्देश्य राखेको बताउनु भयो ।