• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

३१ यात्रुलाई काठमाडौंमा छाडेर प्रधानमन्त्रीलाई लिएर दुवई उड्यो नेपाल एयरलाइन्स- भिडियो सहित



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा नेपाल एयरलाइन्सले ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ ।

साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेपछि अरु ३१ यात्रु छुटेका हुन् । यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एयरलाइन्सले जनाएको छ ।

सोही जहाजका लागि टिकट काटेर पनि दुबई जान नपाएका अधिवक्ता प्रज्वल विक्रम राणाले नेपाल एयरलाइन्सले लापरवाही गरेको बताउनुभयो । राणाका अनुसार ३१ यात्रुहरुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ ।

भिडियो -प्रज्वल विक्रम राणाको फेसबुकबाट