३० माघ २०८१, बुधबार
,
Latest
भूमि बैंकमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार आगलागीमा तीन जनाको मृत्यु उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, उर्जा विकासलगातयका विषयमा छलफल आहा रारा गोल्डकप फुटबल : चर्च ब्वाइजलाई हराउँदै पुलिस क्लब उपाधि नजिक नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धीमा दाँजेर मूल्याङ्कन गरौँ – बालेन शाह स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैन: राष्ट्रपति पौडेल शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते बागमती प्रदेशको वन ऐन संशोधन गरिने- मन्त्री सिलवाल मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल कोप-२८ मा सहभागी हुन दुबई प्रस्थान -तस्बिरहरू



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्रीलाई लाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत मन्त्रीहरू तथा नेताहरूले बिदाइ गर्नुभएको छ ।

प्रधानमन्त्री आज राति ९:३० बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गर्नुभएको छ । । कोप-२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर २ तारिख) सम्म दुबईमा हुँदैछ ।

प्रधानमन्त्री दाहालले  ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्रलेी डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवद्र्धन गर्न ‘हिमालको आह्वानस् जलवायु सङ्कटबाट हामीलाई कसले बचाउछ ? ’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दैहुन्छ ।

प्रधानमन्त्री दाहालले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुखरसरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीपुत्री गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, वन मन्त्रालयका सचिव दीपककुमार खरेल सहभागी छन् ।

सोही टोलीमा परराष्ट्र मन्त्रालयको सहसचिव सेवा लम्साल, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल, शिष्टाचार महापाल दीलिपकुमार पौडेल, प्रवीण भट्टराई, प्रधानमन्त्रीका वातावरण सल्लाहकार डा. पपुलर जेन्टल पनि भ्रमण दलमा छन् ।

प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्किने तालिका छ ।

तस्बिरहरू: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय