• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   आईएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने ★   रोहितको कप्तानीमा टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा, शुभमन गिल र रिंकु सिंह परेनन् ★   उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको छ: केपी ओली ★   इलामवासीको विश्वास र भरोसा मर्न दिनेछैन – सुहाङ ★   प्रमाणपत्र ग्रहणपछि सुहाङले भने – तपाईँहरुको शीर कहिल्यै पनि झुक्न दिनेछैन ★   गर्मी बढेसँगै चितवनमा रगतको अभाव, रक्तदान गर्न अपिल ★   अडिसनमा फेल भएपछि अन्तिम समयमा नाटकबाट हटाइयो, आज बलिउडका सुपरस्टार ★   गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै ★   गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु ★   यी हुन् आईपीएलमा तहल्का पिट्ने खेलाडी जसले दक्षिण अफ्रिकाबाट टी–२० विश्वकप खेल्दैछन्

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री दाहाल संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताकासाथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सृजना गर्नसमेत प्रधानमन्त्री दाहाललाई सुझाव दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री आज राति ९ः३० बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गर्दै हुनुहन्छ । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख)सम्म दुबईमा हुँदैछ ।

प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिनुहुनेछ ।

प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । उहाँले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवद्र्धन गर्न ‘हिमालको आह्वानः जलवायु सङ्कटबाट हामीलाई कसले बचाउछ ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दै हुनेछ ।

प्रधानमन्त्री दाहालले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुखरसरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ । उहाँले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।