२ मंसिर २०८१, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन शुरु गर्ने रास्वपाको घोषणा स्थानीय तहका ४२ पदका लागि चार सय सात जनाको मनोनयन दर्ता चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल ३ वर्षपछि पनि उत्तिकै फायर ‘पुष्पाराज’, पार्ट २ को धमाकेदार ट्रेलर सार्वजनिक (भिडियोसहित) मुलुकको अर्थतन्त्रका वाह्य सूचकहरु सकारात्मक छन्ः अर्थमन्त्री पौडेल विराटनगर किङ्सको ब्राण्ड एम्बासडरमा अभिनेता दयाहाङ राई २४ जिल्लाका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टीको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ । उक्त अभियान गत कात्तिकमा सकिए पनि त्यसलाई पुन: निरन्तरता दिने भएको हो ।

औपचारिक रुपमा अभियानको समय नथपिए पनि अनौपचारिक रुपमा अभियानलाई निरन्तरता दिइने पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टी अध्यक्ष उपेन्द्र यादव काठमाडौँ बाहिर रहेकाले बैठक तय भएको छैन । उहाँ काठमाडौँ फर्केपछि बैठक बसेर अभियानको म्याद थपिने छ ।”

विधान अधिवेशनबाट नयाँ विधान ल्याइसकेपछि सोहीअनुसार पार्टी पुन:गठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो ।

उक्त अभियानबाट प्रदेश र राष्ट्रिय समिति तथा केही जिल्ला र पालिका समिति पुन:गठन गरेको केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख बस्नेतले बताउनुभयो । उहाँका अनुसार मधेश प्रदेशबाहेक अन्य छ वटै प्रदेश समिति र राष्ट्रिय समिति पुन:गठन भइसकेका छन् ।

कार्यकारिणी समितिको बैठक बसेर अभियानको म्याद थपेपछि सङगठनको गठन तथा पुन:गठनलाई थप तीव्रता दिइने पार्टीले जनाएको छ । रासस