• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा सुनुवाइ जारी उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

यद्यपि, मुद्दाउपर सरकारी वकिलको बहस भने सकिएको छ । भोलिबाट जवाफी बहस हुनेछ । यस प्रकरणमा पूर्वमन्त्रीहरुसहित २० प्रतिवादीको बहस पनि सकिएको छ ।

जवाफी बहस सकिएपछि अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको हकमा जिल्लाकै थुनछेक आदेशलाई सदर गर्ने वा आदेश खारेज गर्ने भन्ने निर्णय सुनाउनेछ ।

अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो ।