१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपमहासचिव ज्ञवालीद्वारा विश्व समाजवाद फोरमलाई सम्बोधन



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले मङ्गलबार बेइजिङमा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान (कास)ले आयोजना गरेको १३औँ विश्व समाजवाद फोरमलाई सम्बोधन गर्नुभएको छ ।

पूर्ण सभालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले नेपालमा जस्तै राष्ट्रिय अवस्था अनुसार माक्र्सवादको सिर्जनात्मक कार्यान्वयनको आवश्यकतामा जोड दिनुभएको उहाँसँगै फोरममा सहभागी पार्टीका केन्द्रीय सदस्य बिष्णु रिजालले बताउनुभएको छ ।

नेकपा (एमाले)ले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको बताउनुभयो ।

‘जनताको जनमत नभई कम्युनिष्ट पार्टीको जीवन हुँदैन र समाजवादको भविष्य हुँदैन’ भन्दै सम्बोधन क्रममा उहाँले विश्व श्रमजीवी जनताको जितका लागि जनमुखी नीति र त्यसको कार्यान्वयनमा जोड दिनुभयो ।

‘मानवता र विश्व समाजवादको विकासका लागि साझा भविष्यसँग समुदायको निर्माण’ शीर्षकको तीन दिने सम्मेलनमा ३७ देशका ८० जना र १०० भन्दा बढी चिनियाँ नेता तथा विज्ञहरूको सहभागिता रहेको छ ।