• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु

श्रृंखला र सम्भवले मंसिर २८ मा विवाह गर्दै



काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले प्रेमी सम्भव सिरोहियासँग लगनगाँठो कस्ने भएकी छन् । श्रृंखला र सम्भवले यही मंसिर २८ गते विवाह गर्न लागेका हुन् ।

श्रृंखला र सम्भव करिब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । श्रृंखलाले करिब दुई महिना अगाडि मात्रै सम्भवसँग आफ्नो अफेयरको बारेमा सार्वजनिक गरेकी थिइन् ।

उनीहरुको विवाह हायात होटलमा हुने बताईएको छ । विवाहको रिसेप्सन पनि पुस १ गते हायातमा नै राखिएको छ । यद्यपी, विवाहको बारेमा भने दुवैले कुनै जानकारी दिएका छैनन् ।

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा र मुनु सिग्देलकी छोरी समेत रहेकी श्रृंखलाले सन् २०१८ मा मिस नेपालको टाईटल जितेकी थिईन् । सम्भव भने कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।