२७ माघ २०८१, आईतवार
,
Latest
प्रदेश आमसञ्चार विधेयक सदनमा पेस प्रतिनिधिसभाबाट विधेयक फिर्ता जलस्रोत विधेयकमाथि दफावार छलफल स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ जना घाइते कांग्रेसभित्र बलियो एकता भए कुनै पनि शक्तिले परास्त गर्न सक्दैन: सभापति देउवा प्रतिनिधिसभा बैठकः सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ किङडम र फेरिल्यान्डलाई उपाधि हिमाल कालादेखिनु जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण : सभामुख श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको सरकारसंग माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टले सन् २०२८ सम्ममा वार्षिक ३ मिलियन चिनियाँ पर्यटक भित्र्याउने



अ+ अ-

एजेन्सी । इजिप्टले चिनियाँ पर्यटन बजारमा आफ्नो हिस्सा बढाउने देशको महत्वाकांक्षी रणनीतिको एक भागको रूपमा २०२८ सम्ममा वार्षिक ३ मिलियन चिनियाँ पर्यटकहरू आकर्षित गर्ने लक्ष्य बनाएको छ ।

इजिप्टका पर्यटन तथा पुरातात्विक मन्त्री अहमद इसाले यसबारे जानकारी गराउनुभएको हो । इजिप्टमा हाल प्रति हप्ता ४ हजारदेखि ५ हजार चिनियाँ पर्यटक आउने गर्दछन् । चिनियाँ आगन्तुकहरूको बढ्दो संख्यालाई व्यवस्थापन गर्न थप उडान र होटल कोठा आवश्यक पर्ने इसाले बताउनु भयो ।

कोभिड–१९ महामारीको प्रकोपअघि २०१९ मा चीनमा १५ करोड विदेशी पर्यटक थिए । इस्साकाअनुसार इजिप्टले सन् २ हजारमा विदेशी पर्यटकको संख्या रेकर्ड गर्न थालेदेखि एकै वर्षमा चिनियाँ पर्यटकको संख्या ३ लाख नाघेको छैन ।

इसाले इजिप्टमा चिनियाँ पर्यटकको थप वृद्धि इजिप्टको पर्यटन मन्त्रालय र चिनियाँ समकक्षीका साथै चिनियाँ लगानीकर्ता र टुर अपरेटरहरूबीचको सहकार्यबाट हासिल गर्न सकिने बताउनु भयो ।

आधिकारिक तथ्याङ्कले देखाउँछ कि इजिप्टमा पर्यटक संख्या २०१९ मा १ करोड ३० लाखबाट २०२० मा ३.७ मिलियनमा झरेको थियो । जुन २०२१ मा क्रमश: ८० लाखमा पुग्यो र २०२२ मा बढेर ११.७ मिलियनमा पुगेको थियो ।