• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

लगातार तेस्रो दिन सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा एक लाख १९ हजार नाघ्यो



काठमाडौं । नेपाली सुनचाँदी बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार र मंगलबार नयाँ रेकर्ड बनाएको सुनले आज (बुधबार) प्रतितोला एक हजार छ सय रुपैयाँले बढेर ऐतिहासिक हालसम्म कै उच्च मूल्य बनाएको हो ।

बुधबार छापावाल सुन प्रतितोलामा एक हजार छ सय रुपैयाँले बढेर एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार नयाँ रेकर्ड बनाउदै एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाएको छ । मंगलबार एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी तोला २० रुपैँयाले बढेर नयाँ रेकर्ड बनाएको हो । आज चाँदी प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।