२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर मेयर कप: रात्रीकालिन टेबल टेनिस शुरु



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको पाँचौं संस्करण मंगलवारबाट शुरु भएको छ।

विभिन्न १५ इभेन्ट्समा ५ सय भन्दा वढी खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगिताको ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नुभयो।

ललितपुरमा विगतमा रातीमा टेबल टेनिस खेल्ने संस्कारलाई जगेर्ना गर्ने उदेश्यले आयोजना गरिएको सो प्रतियोगिताका सहयोगी रहेका ललितपुर महानगरपालिकाका मेयर महर्जनले खेलाडीहरुको पुरस्कारका लागि महानगरपालिकाले थप सहयोग गर्ने बताउनुभयो।

ललितपुर जिल्ला टेवल टेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको प्रतियोगिताका खेलहरु वडा तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा संञ्चालन भएको हो।

वडा नम्वर ११ का वडाध्यक्ष अरोज कुमार खड्गीको अध्यक्षतामा भएको प्रतियोगितामा मुल आयोजक समितिका संयोजक नदिम रत्न शाक्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।

मंगलवार पहिलो चरणका खेलहरु शुरु भएको छ। रात्रिकालिन टेबल टेनिस खेलेर ललितपुर जिल्लाका थुप्रै खेलाडी राष्ट्रिय टोलीमा पुगेका छन्। ती खेलाडीहरुलाई कार्यक्रममा उपस्थित थिए। अहिले पनि राष्ट्रिय टोलीमा ललितपुर जिल्लाका थुप्रै खेलाडीहरु छन्।

प्रतियोगितामा महिलार पुरुष एकलमा पहिलो, दोस्रो र सेमिफाइनल पुग्नेलाई नगद पुरस्कारसहित प्रमाण पत्र र मेडलको पनि व्यवस्था गरिएको छ । कुल ३ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

जसमा आयोजक वडा नम्वर ११ ले रु १० लाख रुपैंया तथा ललितपुर उपमहानगर पालिका र अन्य प्रायोजकबाट प्राप्त हुने जनाइएको छ।