११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतम अडानी बने एशियाकै सबैभन्दा धनी



अ+ अ-

नयाँ दिल्ली । अडानी समूहका अध्यक्ष गौतम अडानी एशियाकै सबैभन्दा धनी बनेका छन् । फोर्ब्सको रियल टाइम अर्बपतिका अनुसार अडानीको कुल सम्पत्ति ९० अर्ब १० करोड डलर पुगेको छ र उनी विश्वका धनीहरुको सूचीमा १० औँ स्थानमा आएका छन् ।

एशियामा उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछाडि पारेका छन् । अम्बानीको कुल सम्पत्ति अहिले ९० अर्ब डलर पुगेको छ ।

फोर्ब्सको रियल टाइम अर्बपतिका अनुसार अडानीको कुल सम्पत्ति अम्बानीभन्दा १० करोड  डलर बढी छ। अडानी पहिलो पटक २००८ मा फोर्ब्सको सूचीमा परेका थिए । त्यतिबेला उनको कुल सम्पत्ति नौ अर्ब ३० करोड डलर थियो।

अडानी समूहका छ वटा लिस्टेड कम्पनी छन् । जसमा ग्रिन इनर्जीको सेयरमा गत एक वर्षमा ७७ प्रतिशतले बढोत्तरी भएको थियो । 

गत वर्ष अप्रिलदेखि अडानीको नेटवर्थ लगभग दोब्बर भएको छ। यस अवधिमा अम्बानीको कुल सम्पत्ति ६.५ प्रतिशतले मात्रै बढेको छ ।

रिलायन्सको शेयर बिहीबार १.४७ प्रतिशतले घटेको थियो र २०२२ मा २.३ प्रतिशतले तल झरेको थियो।

अडानीले सन् १९८८ मा कमोडिटी एक्सपोर्टरका रूपमा व्यापार सुरु गरेका थिए। आज उनको व्यापार धेरै क्षेत्रमा फैलिएको छ।

फोर्ब्स रियल टाइम बिलियनेयर इन्डेक्सका अनुसार अदानी र अम्बानीको नेटवर्थ फेसबुक (अहिले मेटा) का सीईओ मार्क जुकरबर्गको भन्दा बढी छ।

मेटाको शेयर घट्दा जुकरबर्गको कुल सम्पत्ति एकै दिनमा ३१ अर्ब डलरले घटेको छ । एलन मस्क २३२ अर्ब ३० करोड डलरको कुल सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा छन्।

ब्लूमबर्गको अर्कै सूची

यसैबीच ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अम्बानी ८९ अर्ब २० करोड डलरको कुल सम्पत्तिका साथ एशियामा पहिलो स्थानमा छन्।

उनी विश्वका धनीहरुको सूचीमा ११ औँ स्थानमा छन् । यो सूचीमा अडानी १२ नम्बरमा छन् । उनको कुल सम्पत्ति ८७ अर्ब ४० करोड डलर छ।

यसमा अम्बानी र अडानीको नेटवर्थमा एक अर्ब ८० करोड डलर मात्र फरक छ । यस वर्ष अम्बानीको कुल सम्पत्ति ७७ करोड ६० लाख डलरले घटेको छ, जबकि अडानीको कुल सम्पत्ति १० अर्ब ९० करोड डलरले बढेको छ। एजेन्सी