९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताहरुमा धम्कीको भाष्य किन बढेको होला !



अ+ अ-

एक जना मेडिकल व्यवसायी, जो दुई ठूला हौं भन्ने कम्युनिष्ट नेताले पुल्पुल्याएर हुर्काएका व्यक्ति पनि हुन्, उनले ८-१० हजार (सरकारी तथ्याङ्क अनुसार) मानिस सडकमा उतारेर नेताहरुको विरोध के गरेका थिए, तिनै नेताहरु ती मेडिकल व्यवसायीलाई राजाले उक्साएको भनेर राजाउपर धम्कीको भाषा प्रयोग गर्न उद्यत देखिंदैछन् ।

नेताहरुले आआफ्नो दलको समर्थन गरुञ्जेल त्यही व्यक्ति असल, विश्वासिलो र दलको उच्चस्तरको सदस्य भनेर अर्को विरुद्ध उक्साउने गरेको देखिएकै हो । अहिले तिनै नेताहरुको विरोध गर्दा व्यवस्था विरुद्ध राजाले उकासेको भनेर आरोप लाउनु नेताहरुमा देखिएको विचलन मात्र हो वा कुशासन र भ्रष्टाचारको बचाउको लागि जनताको ध्यान अन्यत्र मोड्ने चालवाजी हो ? जनस्तरबाट यसको सुक्ष्म मूल्याङ्कन हुनु जरुरी छ ।

कम्युनिष्ट हौं भन्नेहरुको चरित्र नै तल्लो स्तरको उग्र गालिगलौज गर्नु र उग्रहरुलाई उकासेर आफ्ना विरोधीहरुप्रति आक्रामक प्रस्तुति गर्न लगाउनु हो, जुन नेपालले निकै लामो समयदेखि भोग्दै आएकोछ । कम्युनिष्ट नेता तथा कार्यकर्ताको गाली र धम्की महात्म्य सिकेर होला आजकल धेरै मानिसहरु उग्र हुन थालेको देखिन्छ ।

अव त प्रजातन्त्रका हिमायती हौं भन्नेहरुले पनि कम्युनिष्टहरुको चरित्र अनुरुप हाँक र धम्की दिंदै राजालाई पार्टी खोलेर चुनाव लडेर देखाउन (२०४८ सालको चुनावताकाको भाषणको नक्कल) चुनौती दिन थालेछन् ।

प्रजातन्त्रको मान्यता अनुरुप सानातिना विरोधलाई संविधान र कानुनको सीमाभित्र रहेर व्यवस्थापन गर्ने, गराउने र त्यस्ता विरोधले ठूलो रुप लिएमा त्यसरी उठाइएका मुद्धालाई जनतासमक्ष लगेर जनमत अनुसार गर्ने हो, नकि स्यालको हुइयाँ मच्चाउने हो ।

अहिलेको समस्या भ्रष्टाचार र कुशासन हो । तीन ठूला दलले चाहेमा कुशासन हटाएर जनताको विश्वास जित्न सक्ने पर्याप्त शक्ति पनि छ । तर यी तीन दलका वर्तमान मुख्य नेताहरुबाट यसरी कुशासन हटाउने सम्भावना अत्यन्त कम देखिन्छ । कुशासनमा यसरी नै लागिरहने हो भने जनताले विकल्प खोज्छन्, त्यो पनि निश्चित हो । जनताले मिसन २०८४ सम्म पर्खिन पनि सक्छन् र त्यस अगाडि नै कदम चाल्न पनि सक्छन् । तर जनताले प्रजातन्त्रको विकल्प खोज्ने सम्भावना भने छैन ।

कुशासनका हिमायती भ्रष्ट नेता र शासकहरुको दुर्गति कसरी हुन्छ भन्ने उदाहरण विश्वका विभिन्न देशहरुमा देखिने गरेकै छन् ।