• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी ★   सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला

स्वीकृत नभएका पाठ्यक्रम नपढाउन काठमाडौँ महानगरपालिकाको चेतावनी



काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वीकृत नभएका पाठ्यक्रम नपढाउन काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई सचेत गराएको छ ।

महानगरभित्रका केही विद्यालयहरूले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र त्यस्ता पाठ्यपुस्तक किन्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गर्ने गरेको पाईएपछि महानगरको शिक्षा विभागले गम्भीर ध्यानाकर्षण गराएको हो ।

महानगर शिक्षा विभाग प्रमुख सिताराम अधिकारीले विद्यालयहरूलाई सूचना पठाउँदै कुनै विद्यालयले सूचना विपरीत पाठयक्रम तथा पाठ्यपुस्तक लागू गरेको पाइए शिक्षा ऐन, २०७५ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गर्ने चेतावनी दिएका छन् । ‘नेपाल सरकारबाट स्वीकृत र पाठ्यक्रम विकास केन्द्र, सानो ठिमीमा सूचीकृत भएका पाठ्यपुस्तक मात्र (अङ्ग्रेजी व्याकरण तथा अङ्ग्रेजी शब्दकोश बाहेक) पठनपाठन गर्ने व्यवस्थाका लागि सबै विद्यालयलाई सूचित गरिन्छ’, सुचनामा भनिएको छ ।

शिक्षा ऐन, २०२८ को दफा ८ तथा शिक्षा नियमावली, २०५९ को नियम ३१ बमोजिम विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक अनिवार्य रूपमा लागू गर्नुपर्ने र सोही ऐनको दफा १२ को उपदफा (७) को खण्ड (ङ) मा संस्थागत विद्यालयले नेपाल सरकारले लागू गरेको पाठ्यक्रम तथा पाठ्यपुस्तक अनिवार्य रूपमा लागू गर्नुपर्ने व्यवस्था छ ।