२४ श्रावण २०८३, आईतवार
,
Latest
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम ट्राफिक प्रहरीलाई गजुरेलको निर्देशनः ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गरौँ’ संस्थापन इतर समूहसहित बाडेगाउँ पुगे खड्का, गरे कांग्रेस एकताको संकल्प फूलमा रस चुस्दै सिपराज बुङ्गेचरा आदिवासी अधिकारको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध छौँ : कांग्रेस सभापति थापा पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनएलाई एकतावद्ध बनाउन पुन: निर्वाचन गराउनुको विकल्प छैन: आरके पक्ष



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षले संस्थालाई एकतावद्ध बनाउनका लागि पुन: निर्वाचन गराउनुको विकल्प नरहेको बताएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शर्मा पक्षले पुन: निर्वाचनको माग गरेको हो । अनलाइन माध्यमबाट गराइएको संघको गत निर्वाचनको वास्तविकता ल्याउन अन्तर्राष्ट्रिय छानविन समिति बनाउने भन्ने प्रश्ताव हास्यास्पद रहेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै शर्माले यो लडाईं आफ्नो व्यक्तिगत नभइ संस्थागत लडाईं भएको बताउनु भयो । उहाँले आफूलाई झनै पेल्दै जान्छु भन्ने सोच्नु गलत भएको बताउनु भयो । उहाँले संघको पुन: निर्वाचनमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । सानो घेरोमा संस्था लगेर पेल्दै गए न्तिम घडीसम्म पनि न्यायको लागि लड्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, मैले अहिले पनि भन्छु, सम्पूर्ण साथीहरुलाई भन्छु, यो मेरो व्यक्तिगत लडाईं होइन । संस्थागत लडाईं हो । यदी तपाईहरुको पनि दायित्व छ भने आउनुस् टेबलमा बसौँ । उहाँहरुले आजसम्म न पूर्वअध्यक्ष, न हामीसँग कुरा गर्ने आँट गर्नुभएको छ । झन् बरु उहाँहरु पेल्दै जाने, यसै गरेर जाने हो र अलिदिनमा थाक्छन् की जस्तो सोच्नुभयो भने त्यो गलत हो । यो लडाईं पदको लागि होइन । रिइलेक्शन गरौँ । संस्थाको विश्वास फिर्ता ल्याऔँ । यदी रिइलेक्शनमा तपाईंले आरके शर्मा नउठ् भन्नुहुन्छ भने म यहीँ भन्छु, म प्रत्यासी हुँदिन तर संस्था बचाउनको लागि लाग्छु । तर सानो घेरोमा संस्था लगेर पेल्दै जानुभयो भने म मेरो अन्तिम घडीसम्म पनि न्यायको लागि लड्नेछु । यो सबैको साझा चौतारी हो, केही सानो घेरोको एउटामा रहनु हुँदैन ।’

उहाँले गैरआवासीय नेपाली संघ सानो ठाउँमा खुम्चिनु नहुने बताउनु भयो ।