४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्धको टी–२० सिरिजमा अष्ट्रेलियाको टोलीमा ठूलो फेरबदल



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाले भारतविरुद्धको अन्तिम तीन टी–२० खेलका लागि आफ्नो टोलीमा ठूलो फेरबदल गरेको छ ।

विश्वकप २०२३ को विजेता टोलीमा रहेका ग्लेन म्याक्सवेल र स्टिभ स्मिथसहित मार्कस स्टोइनिस, जोस इन्ग्लिस, सिन एबोट र एडम जाम्पाजस्ता ६ स्टार खेलाडीलाई विश्राम दिइएको छ ।

योसँगै जोस फिलिप, बेन म्याकडरम्याट, क्रिस ग्रीन टोलीमा प्रवेश गरेका छन् । पाँच खेलको शृङ्खलामा अष्ट्रेलिया २–० ले पछि छ । स्टिभ स्मिथ, एडम जाम्पा अष्ट्रेलिया प्रस्थान गरिसकेका छन् भने म्याक्सवेल, स्टोइनिस, इंग्लिस र सन एबोट तेस्रो टी–२० खेलपछि स्वदेश प्रस्थान गर्नेछन् ।

जोस फिलिप र म्याकडरम्याट तेस्रो टी–२० का लागि उपलब्ध हुनेछन्, जबकि क्रिस ग्रीन र डोउलिस बुधबारसम्म टोलीमा सामेल हुनेछन् ।

अष्ट्रेलियाले अहिलेसम्म खेलेका दुवै टी–२० खेलमा निराशाजनक प्रदर्शन गरेको छ । पहिलो टी–२० खेलमा टोली २ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा ४४ रनले पराजित भएको थियो ।

टोलीका ब्याट्सम्यानको प्रदर्शन बलियो रहे पनि बलरले अपेक्षाअनुरुप चल्न सकेनन् । दोस्रो टी–२० मा टिमका बलरले २० ओभरमा २३५ रन दिएका थिए । यससँगै पहिलो टी–२० मा पनि अष्ट्रेलियाका बलरहरु नराम्ररी चुटिन पुगेका थिए । सिरिजमा आफूलाई जीवित राख्न अस्ट्रेलियाले कुनै पनि हालतमा तेस्रो टी–२० जित्नुपर्नेछ ।