• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सिकन्दर रजाले रुवाण्डाविरुद्ध ह्याट्रिक लिएर इतिहास रचे



एजेन्सी । सिकन्दर रजा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने पहिलो जिम्बाब्वेली पुरुष क्रिकेटर बने ।

३७ वर्षीय रजाले आइसीसी पुरुष टी–२० विश्वकप अफ्रिका क्षेत्र छनोट २०२३ मा रुवाण्डाविरुद्ध ह्याट्रिक लिएर सोमबार इतिहास रचेका छन् । यो खेल विन्डहोकको वान्डरर्स क्रिकेट मैदानमा भएको थियो ।

रजाले रुवाण्डाविरुद्ध २.४ ओभरको स्पेलमा ३ रन दिएर तीन विकेट लिए । जिम्बाब्वेका अफ स्पिनरले मोहम्मद नादिर, जप्पी बिमेनिमाना र एमिली रुकिरिजालाई आउट गर्दै ह्याट्रिक पूरा गरे । रजाको स्पेलको मद्दतमा जिम्बाब्वेले २१५ रनको लक्ष्य रक्षा गर्दै रुवाण्डालाई १८.४ ओभरमा ७१ रनमा अलआउट गर्यो ।

रजाले रुवान्डाविरुद्ध आफ्नो शानदार खेल देखाए । उनले एक दिन अघि आईपीएल फ्रेन्चाइज पञ्जाब किंग्सबाट ठूलो खबर पाएका थिए । पञ्जाब किंग्सले आइपिएल २०२४ मा सिकन्दर रजालाई रिटेन गरेको छ । पञ्जाब किंग्सले सिकन्दर राजालाई ५० लाखमा लिएको थियो र अहिले उनलाई टोलीमा राखेको छ ।