२४ श्रावण २०८३, आईतवार
,
Latest
संस्थापन इतर समूहसहित बाडेगाउँ पुगे खड्का, गरे कांग्रेस एकताको संकल्प फूलमा रस चुस्दै सिपराज बुङ्गेचरा आदिवासी अधिकारको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध छौँ : कांग्रेस सभापति थापा पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप: सुदुरपश्चिमले पुलिसलाई हरायो, मधेश सेमिफाईनलमा



अ+ अ-

पोखरा । पोखरामा जारी केपी ओली कप टि( २० क्रिकेट प्रतियोगिताअन्तर्गतको समुहचरण खेलमा सुदुरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । यससँगै पुलिसको सेमिफाईनल यात्रा यहि सकिएको छ ।

१ सय ५९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८.४ ओभरमा पूरा गर्‍यो । सुदुरपश्चिमका किरण थगुन्नाले सर्वाधिक ५१ रन बनाए ।

कुनै समय ४६र५ को स्थितीमा रहेको सुदुरपश्चिमको लागि किरण थगुन्नाले र नरेन शाउदले उत्कृष्ट साझेदारी गरे । कप्तान राजु रिजालले १९ र बसन्त कार्कीले १५ रनको योगदान दिए ।

बलिङतर्फ पुलिसका रशिद खानले सर्वाधिक तीन विकेट लिए भने सुनिल धमला र सागर ढकालले १/१ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । पुलिसको लागि ओपनर कुशल भुर्तेलको उत्कृष्ट अर्धसतक बनाएका थिए । तर उनको अर्धशतक जितको लागि प्रयाप्त भएन । भुर्तेलले ५१ बलमा ६७ रन बनाएर आउट भएका थिए । सुनील धमालाले ४२, अर्जुन साउदले २०, कप्तान आरिफ शेखले २,दीलिप नाथ ४ र करण केसीले ७ रन बनाए ।

बलिङतर्फ सुदुरपश्चिमका विकाश आग्रीले सर्वाधिक २ विकेट लिए । वसन्त खत्री र भोजराज भट्टले समान एक विकेट लिए।

सुदूरपश्चिमसँग हार बेहोरेसँगै नेपाल पुलिस क्लब सेमिफाईनल नपुग्दै बाहिरिएको छ । समूह सी मा रहेका मधेस प्रदेश र नेपाल पुलिस क्लबको समान २-२ अंक भएपनि रननेटको आधारमा मधेश सेमिफाईनलमा पुगेको छ ।

यसअघि एपीएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।