• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

केपी ओली कप: सुदुरपश्चिमले पुलिसलाई हरायो, मधेश सेमिफाईनलमा



पोखरा । पोखरामा जारी केपी ओली कप टि( २० क्रिकेट प्रतियोगिताअन्तर्गतको समुहचरण खेलमा सुदुरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । यससँगै पुलिसको सेमिफाईनल यात्रा यहि सकिएको छ ।

१ सय ५९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८.४ ओभरमा पूरा गर्‍यो । सुदुरपश्चिमका किरण थगुन्नाले सर्वाधिक ५१ रन बनाए ।

कुनै समय ४६र५ को स्थितीमा रहेको सुदुरपश्चिमको लागि किरण थगुन्नाले र नरेन शाउदले उत्कृष्ट साझेदारी गरे । कप्तान राजु रिजालले १९ र बसन्त कार्कीले १५ रनको योगदान दिए ।

बलिङतर्फ पुलिसका रशिद खानले सर्वाधिक तीन विकेट लिए भने सुनिल धमला र सागर ढकालले १/१ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । पुलिसको लागि ओपनर कुशल भुर्तेलको उत्कृष्ट अर्धसतक बनाएका थिए । तर उनको अर्धशतक जितको लागि प्रयाप्त भएन । भुर्तेलले ५१ बलमा ६७ रन बनाएर आउट भएका थिए । सुनील धमालाले ४२, अर्जुन साउदले २०, कप्तान आरिफ शेखले २,दीलिप नाथ ४ र करण केसीले ७ रन बनाए ।

बलिङतर्फ सुदुरपश्चिमका विकाश आग्रीले सर्वाधिक २ विकेट लिए । वसन्त खत्री र भोजराज भट्टले समान एक विकेट लिए।

सुदूरपश्चिमसँग हार बेहोरेसँगै नेपाल पुलिस क्लब सेमिफाईनल नपुग्दै बाहिरिएको छ । समूह सी मा रहेका मधेस प्रदेश र नेपाल पुलिस क्लबको समान २-२ अंक भएपनि रननेटको आधारमा मधेश सेमिफाईनलमा पुगेको छ ।

यसअघि एपीएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।