२७ मंसिर २०८२, शनिबार
,
Latest
‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ एमाले महाधिवेशनमा कार्यकर्ताको भीड – फोटोफिचर एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज मंगलबार पनि नयाँ रेकर्ड बनाएको छ ।

सोमबार मात्रै हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यले आज मंगलबार नयाँ ऐतिहासिक रेकर्ड बनाएको हो । सोमबार सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँ कायम भई नयाँ रेकर्ड बनाएको थियो ।

आज छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले बढेर एक लाख १७ हजार सात सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी सोमबार कै मूल्यमा यथाबत रहि प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।