२४ श्रावण २०८३, आईतवार
,
Latest
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव भारतको हिमाचल प्रदेशमा बस दुर्घटनाः ८ जनाको मृत्यु, १० घाइते इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान अमेरिकी सिनेटद्वारा सरकारी कामकाज ठप्प हुन नदिन अस्थायी कोष विधेयक पारित कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी चार अर्ब ९३ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी चिनी मिलको प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानियहरु आन्दोलित



अ+ अ-

बुटवल । लुम्बिनी चिनी मिलको प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानियहरु आन्दोलित भएका छन् ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदुषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकुल असर पारीरहेकोले उक्त प्रदुषण न्युनिकरण गर्न मिलसँग माग गर्दै सुनवलवासी आन्दोलित बनेका हुन् ।

सुनवलका स्थानीय जनताले लुम्बिनी चिनी उद्योग प्रदुषण नियन्त्रण संघर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत उक्त मागबारे जानकारी दिएका हुन् । वि.स. २०४६ सालमा तत्कालिन श्री ५ सरकार र चीन सरकारबीबच भएको सम्झौताअनुसार जिल्लाको सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो । सो समयदेखि सञ्चालनमा रहेको चिनी मिल २०६२ सालमा निजीकरण भएदेखि झनै प्रदुषणको अवस्था बढ्दै गएको स्थानीयहरु बताउँछन् ।

चिनी मिल सञ्चालकले मिलको प्रदुषण न्युनिकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने धुँवा, खरानीले बजार प्रदुषित बनेको उनीहरुको भनाइ छ । डिष्टिलरीबाट निस्किने दुषित फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पारीरहेको संघर्ष समितिका उप संयोजक टेकप्रसाद न्यौपानेले बताउनु भयो ।

चिनी मिलले विगत वर्षदेखि नै मिलबाट प्रदुषण न्युनिकरणका लागि विभिन्न सहमति सम्झौता गरेपनि हालसम्म कार्यान्वय गरेको छैन । मिल सञ्चालकले उद्योगबाट निस्किने धुँवा, खरानी र फोहोर दुषित पानी न्युनिकरणका लागि कुनै उपाय नअपनाउँदा सुनवलबासी त्यसको प्रत्यक्ष मारमा परिहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताउनु भयो । उहाँले, मिलले प्रदुषण न्युनिकरण नगरे मिल चलाउन नदिने भन्दै आगामी दिनमा थप दबाब दिन विभिन्न दबाबमुलक कार्यहरु गर्ने चेतावनी दिनुभयो ।

८६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरी ३ वटा कारखाना सञ्चालनमा छ । मिलबाट निस्किने धुवाँ र खरानी उडेर घरहरुमा पस्ने र सुकाएको कपडामा टाँसिएर फोहोर हुनुका साथै श्वास लिन समेत अपm्ठ्यारो बनाएको उनीहरुको भनाइ छ । उता डिस्टिलरीबाट निस्किने प्रदुषित पानी सिधै खोलामा मिसाउँदा बजार नै दुर्गन्धित हुँदै गएको संघर्ष समितिको आरोप छ । चिनी मिलबाट पालिकाको वडा १,३,४ र ६ वडा प्रत्यक्ष मारमा परेको र यसबाट करिब ७० हजार जनसंख्या प्रभावित बनेका छन् । प्रदुषण रोकथामका लागि संघर्ष समितिले पटक पटक मिल र सरोकारवालाहरु संग समन्वय सहकार्य गरेपनि कुनै सुनुवाई नभएकाले संघ समितिल आन्दोलन थप सशक्त बनाउने जानकारी दिएको हो ।