१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

संसदिय प्रक्रिया र विधि निर्माणमा भन्दा विदेश भ्रमणमा पदाधिकारीको मोह

संसदिय प्रक्रिया र विधि निर्माणमा भन्दा विदेश भ्रमणमा पदाधिकारीको मोह
अ अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को संसद सहयोग परियोजनाअन्तर्गत अध्ययन भ्रमण भन्दै राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको नेतृत्वमा सबै प्रदेशका पदाधिकारीहरु आईतबार राती अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

प्रतिनिधिमण्डलमा सुदूरपचिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णालीका नन्दा गुरुङ, गण्डकीका कृष्णप्रसाद धिताल, कोशीका उपसभामुख सृजना दनुवार, मधेशका उपसभामुख बबिताकुमारी राउत ईश्वर, बागमतीका उपसभामुख अप्सरा चापागाईं खत्री र लुम्बिनीका उपसभामुख मेनुका खाँड केसी छन् ।

यस्तै, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र राष्ट्रिय सभा अध्यक्षका स्वकीय सचिव ऋचा पोखरेल पनि भ्रमण टोलीमा छन्।

केही समय अघि संसद सहयोग परियोजना कै सहयोगमा केही सांसदहरु अमेरिका भ्रमणमा गएका थिए । यूएनडीपी नेपाल र संघीय संसद सचिवालयबीच समझदारी भई संघीय संसद र प्रदेश सभाहरूमा संसद सहयोग परियोजना सञ्चालित छ । यो परियोजनाबाट हुने कार्यक्रमहरु संसदीय अध्ययन अनुसन्धान, सांसदहरुको क्षमता विकास, विधेयकमाथिको पर्याप्त छलफल र नागरिक तहसम्मको सुचना सम्प्रेषणमा भन्दा संघीय र प्रदेश सभाका पदाधिकारीको चाहाना अनुसार हुने गरेका छन् । आफ्नो कार्याकाल सकिदै गर्दा पछिल्लो समय बाक्लो बनेको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको विदेश भ्रमणलाई मात्रै हेर्ने हो भने पनि संसदीय गतिविधिलाई चुस्त बनाउनमा भन्दा विदेश भ्रमणमा पदाधिकारी र सांसदहरुको मोह बुझ्न सकिन्छ ।

गत असार २८ गतेको राष्ट्रिय सभा बैठकलाई मात्रै हेर्ने हो भने पनि विधि निर्माणमा सांसदहरुले कति चासो राख्छन् भन्ने कुरालाई छर्रलङ देखाउँछ ।

बैठकमा ‘इ–कमर्स’ सँग सम्बन्धित ‘विद्युतीय व्यापार विधेयक २०८०’ माथिको छलफल गर्ने कार्यसूची थियो । अर्थात् कुनै पनि वस्तु अथवा खाना लगायतका सामग्री अनलाइनबाट गरिने खरिद बिक्रीलाई व्यवस्थित गर्ने विधेयक ल्याइएको थियो । तर बैठकमा छलफल भने विद्युतको व्यापारका सम्बन्धमा भयो । सांसदहरूले विधेयक पढ्दै नपढी भारत र बङ्गलादेशमा बिजुली बेच्नु भन्दा नेपालभित्रै खपत गर्नुपर्ने बताए । आफैले प्रस्तुत गरेको विधेयकका बारेमा मन्त्री पनि जानकार थिएनन् ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतले विद्युत खरिद गर्ने कुरा भएको बताए । जबकि विधेयकमा विद्युत व्यापारको न त प्रसंग थियो न त विषयवस्तु ।

विधि निर्माण प्रक्रियामा संसद सचिवालय र सांसदहरुको चासो कस्तो रहेछ भनेर बुझ्न यही घटना पर्याप्त छ । संसदीय व्यवस्थाकै लज्जाको रुपमा रहेको यो घटनाबाट अझै पाठ सिकेका छैनन् । अहिले पनि कतिपय सांसदहरु संसदमा दर्ता भएका विधेयकबारे जानकार छैनन् । कानुन निर्माण प्रक्रियाबारे जानकार छैनन् ।

समिति बैठकहरुमा धारणा राख्ने क्रममा कतिपय सांसदहरु अझै पनि आफ्नो विस्तुत परिचय दिईरहेका हुन्छन् । खोज्दै जाने हो भने संसदीय अभ्यासको जानकारी नराखेका कयौ उदाहरण फेला पर्छन् ।

कार्यालय समयमा काम हुदैन अतिरिक्त समयको भत्तामा सभामुखको नजर

सोमबार समिति सभापतिहरुसंगको छलफलमा संघीय संससद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको गुनासो गरे । संसदीय समितिहरुमा सांसदहरुको उपस्थिति नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको तर्फ भने उहाँको नजर पुगेन । कोरम नपुग्दा बैठक बस्न नसकेर काम प्रभावित भएको छ ।

तर सभामुख भने बजेट अभाव भएर काम भएन भनी सरकारलाई नै दोषारोपण गर्न अग्रसर छन् । ऐनले नै संसदलाई आफुलाई आवश्यक पर्ने बजेट बनाउने र माग गर्ने अधिकार दिएको छ । सभामुखले ऐनले दिएको अधिकार प्रयोग गरेर आवश्यक बजेट सरकारबाट नै निकासा गर्न लगाउने तर्फ भने कुनै पहल गरेका छैनन् । सभापतिहरुसंगको बैठकमा उनले दातृ निकायको सहयोगमा कमि आएकाले पनि कामगर्न समस्या भएको बताए ।

उहाँले भन्नुभयो, ‘विगतमा संसदलाई सपोर्ट गर्नका लागि विदेशी संघसंस्थाहरु धेरै मात्रामा आएका देखिएका थिए । किनभने नेपालमा भर्खर प्रजातन्त्र आएको थियो । गणतन्त्र आएको थियो । त्यसका क्रियाकलाप गर्नका लागि कहाँ के गर्नुपर्छ ? सहयोग भनेर धेरै आएका थिए । त्यसको आधारमा यहाँ केही सुविधाहरु, केही गतिविधि गर्न सपोर्ट थियो । राज्यले पनि यसमा ठिकै बजेट र लगानी गरेको थियो । अहिले कमि आएको छ । अफिस टाइम भन्दा फरक टाइममा संसद नचलाइकन काम चलाउनुपर्छ है भन्ने अर्थ मन्त्रालय र अर्थमन्त्रीको स्पष्ट आग्रह छ । आग्रह मात्रै होइन, यो त नियन्त्रण नै छ । संसदमा अतिरिक्त समय काम गर्नुपर्ने हुन्छ । पहिला सुविधा दिने परम्परा थियो । यसलाई व्यवस्थित नगर्ने हो भने चल्न नसक्ने स्थिति छ ।’