८ आश्विन २०८१, मंगलवार
,
Latest
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन महासंघ अध्यक्ष ढकालको सुझाव



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिनुभएको छ ।

छैठौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा ४५ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको बताउँदै केही समयमै यो संस्था सबैभन्दा धेरै पैसा भएको नेपालको संस्थाको रुपमा पुग्ने बताउनुभयो ।

“४५ अर्ब रुपैयाँ फन्ड बैकमा राखेर हुन्न । कार्यविधी बनाएर यसलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्छ । ‍ सामाजिक सुरक्षा कोषको स्थापना भएको भर्खरै ६ बर्ष लाग्यो तर यति छोटो समयमा नै कोषले रोजगारदाता र श्रमिक बिचको सम्बन्ध सुधारमा महत्त्वपुर्ण काम गरेको छ ।” ‍

कार्यक्रममा ढकालले कोषको पैसा राज्यको आन्तरिक उत्पादनमा लगाउदै राज्यको दुर दराजमा रहेका बिपन्न जनता जो वैदेशिक रोजगारीमा जान चरम आर्थिक संकट बेहोरीरहेका छन तिनको सहजीकरणमा लगानी गर्न समेत सुझाब दिनुभएको छ ।
अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषका कारण निजी क्षेत्रका रोजगारदाताहरु र श्रमिकहरुको सम्बन्ध सुमधुर बनाएको बताउनुभएको छ ।

ढकालले श्रम सम्बन्ध सुधार र श्रम क्षेत्रमा समस्या समाधान गर्नेतर्फ उल्लेखनीय सफलता प्राप्त गरेको बताउँदै लामोे छलफल र सहकार्यको फलस्वरुप श्रम ऐनको संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न कानूनी र संस्थागत व्यवस्था भएको बताउनुभएको छ ।

यो नीतिगत सुधारले सामाजिक रुपान्तरणका हाम्रा प्रयासमा ठूलो सहयोग पुग्न हामीले विश्वास लिएका छौं, उहाँले भन्नुभयो । अध्यक्ष ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल र प्रभावकारी कार्यन्वयनमा महासंघको निरन्तर सहयोग रहने प्रतिवद्धताका साथै सामाजिक सुरक्षा दिवसको सफलताको कामना समेत गर्नुभएको छ ।