२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्बिरमा हेर्नुस् कमला नदीमा भूत मेला



अ+ अ-

काठमाडौँ । कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ ।

कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराकाबीच भक्तजनहरु आकर्षित गर्ने गर्छ । शुक्ल पुूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भुत मेला लाग्ने गरेको छ । पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रुपमा समेत परिभाषित गर्दै आइरहेका छन् ।

मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर लगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न आउने गरेका छन् । धाँमी झाँक्री बन्ने विश्वासका साथ उनीहरु देवता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको श्रद्धालुहरुले बताएका छन् ।

भुत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुने जनविश्वास रहेको छ । तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन रहँदै आएको छ । स्नानको समयमा मुल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्दछन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ ।

मिथिलामा पहिलेदेखि नै तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ । यद्यपि यसको कुनै वैज्ञानिक आधार नरहेपनि अन्धविश्वासको रुपमा नभई यो लोकआस्था रहेको संस्कृतिविद् एवं मैथिलीका साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले बताउनु भयो ।

मुख्यतः ग्रामिण भेगका अशिक्षाका कारण टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरुले नै यो परम्परा धान्दै आइरहेको कतिपयको भनाई छ । घर परिवारका कुनै सदस्यलाई हानि नोक्शानी र भुतप्रेतले छोयो भन्ने जानकारी कमला स्नान गरेकै व्यक्तिमार्फत देउताले दिने तथा रक्षासमेत गर्ने गरेको जनविश्वास छ ।

सिद्धि प्राप्त गर्न सिरहाको माडरस्थित इनर्वाघाट, बसपिट्टा, सारश्वर, चतरी, कल्याणपुर, भेडिया, बन्दीपुरसँगै छिमेकी जिल्ला धनुषाको सघारा, टरिया लकडलगायत कमला नदी छेउमा विभिन्न स्थानमा स्नान गर्ने लाखौंं श्रद्धालुहरूको घुइँचो लागेको थियो ।