१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्बिरमा हेर्नुस् कमला नदीमा भूत मेला



अ+ अ-

काठमाडौँ । कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ ।

कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराकाबीच भक्तजनहरु आकर्षित गर्ने गर्छ । शुक्ल पुूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भुत मेला लाग्ने गरेको छ । पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रुपमा समेत परिभाषित गर्दै आइरहेका छन् ।

मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर लगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न आउने गरेका छन् । धाँमी झाँक्री बन्ने विश्वासका साथ उनीहरु देवता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको श्रद्धालुहरुले बताएका छन् ।

भुत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुने जनविश्वास रहेको छ । तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन रहँदै आएको छ । स्नानको समयमा मुल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्दछन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ ।

मिथिलामा पहिलेदेखि नै तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ । यद्यपि यसको कुनै वैज्ञानिक आधार नरहेपनि अन्धविश्वासको रुपमा नभई यो लोकआस्था रहेको संस्कृतिविद् एवं मैथिलीका साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले बताउनु भयो ।

मुख्यतः ग्रामिण भेगका अशिक्षाका कारण टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरुले नै यो परम्परा धान्दै आइरहेको कतिपयको भनाई छ । घर परिवारका कुनै सदस्यलाई हानि नोक्शानी र भुतप्रेतले छोयो भन्ने जानकारी कमला स्नान गरेकै व्यक्तिमार्फत देउताले दिने तथा रक्षासमेत गर्ने गरेको जनविश्वास छ ।

सिद्धि प्राप्त गर्न सिरहाको माडरस्थित इनर्वाघाट, बसपिट्टा, सारश्वर, चतरी, कल्याणपुर, भेडिया, बन्दीपुरसँगै छिमेकी जिल्ला धनुषाको सघारा, टरिया लकडलगायत कमला नदी छेउमा विभिन्न स्थानमा स्नान गर्ने लाखौंं श्रद्धालुहरूको घुइँचो लागेको थियो ।