१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

जाजरकोटको थाप्लेबाट अस्थायी टहरा निर्माण सुरु

जाजरकोटको थाप्लेबाट अस्थायी टहरा निर्माण सुरु
जाजरकोट भूकम्प (फाईल फोटो)
अ अ+ अ-

जाजकोट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीकोतर्फबाट ‘अस्थायी संरचना निर्माण’ अभियानको सुरुआत गर्नुभएको छ । भेरी नगरपालिका–३ थाप्लेस्थित सुशीला केसीको अस्थायी संरचनाको कामबाट अभियानको सुरुआत गरिएको हो ।

भूकम्प पीडितका कम्तीमा एक सय घर निर्माण गरेर हस्तान्तरण गरिने अध्यक्ष नेपालले जानकारी दिनुभयो । यो विपद्को समयमा सबै मिलेर अगाडि बढ्नुपर्ने भन्दै सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष नेपालले जाजरकोटका पाँच सय भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको काम भइरहेको जानकारी दिनुभयो । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिम र जाजरकोटमा चिसोका कारण सर्वसाधारणको ज्यान गइरहेको समाचार आएको भन्दै उहाँले सरकारका संयन्त्र धेरै प्रक्रियागत कुराको पछि नलागी युद्धस्तरमा काम गर्नुपर्ने बताउनुभयो । समाजवादी पार्टी हरेक नेता तथा कार्यक्रता समाजिक सेवामा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

राहत वितरण र अस्थायी संरचना निर्माण सँगसँगै

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्पपीडितका लागि अस्थायी संरचना निर्माण र राहत वितरणलाई सँगसँगै लैजानुपर्ने बताउनुभएको छ । उहाँले समस्यामा परेका, आर्थिक अवस्था कमजोर भएका तथा विपन्न र सुत्केरीलाई लक्षित गरेर अस्थायी संरचना निर्माण गर्न आग्रह गर्नुभयो ।

प्रक्रियाका नाममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको भन्दै युद्धस्तरमा काम गर्न मन्त्री ज्वालाले सम्बद्ध सबैलाई आग्रह गर्नुभयो । उहाँले भूकम्पपीडितको साथमा सरकार भएको भन्दै जनताको जीवन सहज हुनेग गरी काम गर्न निर्देशनसमेत दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा मन्त्री ज्वालाले बोलेर भन्दा काममार्फत नतिजा देखिनुपर्नेमा जोड दिनुभयो । दैनिक चिसोका कारण मानिसको मृत्यु भइरहेको खबर आइरहेको भन्दै उहाँले स्थानीय तह तथा सबै सम्बद्ध निकायलाई नजितामुखी काम गर्न आग्रह गर्नुभयो । रासस