• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त बैठक जारी



जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी रहेको छ । बैठक तीन दिनसम्म चल्नेछ ।

महोत्तरीको जलेश्वरमा सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिकोसमेत सहभागिता रहेको छ ।

बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने पार्टी महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले जानकारी दिनुभयो । रासस