२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको निकासका लागि वर्तमान सरकार विघटन गर्नु नै सही निर्णय हुन्छ: प्रभु साह



अ+ अ-

काठमाडौँ । आज जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताउनुभएको छ ।
मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने उहाँको जिकिर थियो ।

सोमबार काठमाडांैमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष साहले विचौलिया र दलालहरुको हिस्साको रुपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको दोहोर्‍याउनु भयो । उहाँले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्नका लागि राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रश्ताव समेत गर्नुभयो । अध्यक्ष साहले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको उल्लेख गर्दै त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मिटरब्याजीको नाममा भ्रष्टाचार, घुसखोरी चरम सीमामा छ । यसलाई रोक्न सबैको ध्यान जाओस् । खासगरी सरकार, जसले मिटरब्याजीमार्फत गरिवलाई न्याय दिन्छु भनेको थियो । आज ती कुरा हावादारी जस्तो भयो । गरिवले न्याय पाएनन् । अन्तत: दलालले लाभ पाए । घुसखोर कर्मचारीले लाभ पाए । र, आज एउटा खेल तमासा सिडियो कार्यालयहरुमा भईराखेको छ । त्यतातिर सरकारको ध्यान जाओस् । म विशेष आग्रह गर्न चाहन्छु । महंगी ठूलो समस्या भएको छ । सरकार निकम्ममा देखिएको छ । मिसावट, कालोबजारी देशको प्रमुख समस्या भएको छ । र, त्यसलाई रोक्न सरकार निकम्मा जस्तो देखिन्छ । तपाईहरुलाई थाहा छ–नेपालमा चिनीको हाहाकार छ । एक दिइ, दुई दिन होइन, महिनौंदेखि यो समस्या छ ।’

‘तर पनि पर्याप्त चिनी मान्छेले पाउन नसकेका छैनन् । तपाईमा ८० रुपैयाँ केजीमा पाइने चिनी काठमाडौंमा १६० रुपैयाँ पर्छ । यो भन्दा पीडादायी के हुन्छ ? सरकारले यो रेट रोक्नै नसक्ने हो र । के सरकारले आपूर्ति व्यवस्था मिलाउनै नसक्ने हो र ? जिरा ५ सय चिज आज १५ सय पर्छ । यसलाई नियन्त्रण गर्न यदि सक्दैन भने, जनतालाई सहज ढंगले सेवा दिन सक्दैन भने छोडनु पर्छ । सक्छौं भने परिणाम देखाउ सरकार । बिचौलिया, दलालहरुको हिस्सा हो सरकार । यसै हिसावले सरकार चलिराख्यो भने नेपाली जनताको भविष्य छैन । यतातिर सबैको ध्यान जाओस भन्ने चाहन्छु । हाम्रो यो बैठकले यसलाई सही निष्कर्ष दिन सक्नु पर्छ । हामीले भनेका छौं–देशको निकासको सही निर्णय भनेकै यो सरकारको विघटन, यो व्यवस्थाको विकल्पमा अन्तरिम सरकार बनाएर अघि बढ्ने हामीले भनेका छौं । राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । अनि मात्रै देशमा स्थिरता प्रदान हुन्छ । अनैतिकताको राजनीतिलाई अन्त्य गर्नुपर्छ ।’

त्यस अवसरमा अध्यक्ष साहले राजनीतिक दलहरुले जनमतको अपमान गरेको भन्दै आफ्नो पार्टीले जनमत फिर्ता अभियानलाई अघि बढाउने घोषणा समेत गर्नुभयो ।