४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा ७ प्यालेस्टाइनीको मृत्यु



अ+ अ-

एजेन्सी । वेस्ट बैंकमा इजरायली सैनिकहरूसँगको झडपमा कम्तिमा सात जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जेनिन शरणार्थी शिविरमा रहेको एउटा घरमा इजरायली बम विष्फोटमा परी थप एक युवकको मृत्यु भएको जनाइएको छ । केही घण्टाअघि जेनिनका विभिन्न स्थानहरूमा मुठभेडका क्रममा इजरायली सेनाको गोलीबाट चार प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा आफ्नो अपरेशनको क्रममा पाँच प्यालेस्टिनीहरूलाई मारेको बताएको छ । यो वर्षको सुरुमा इजरायली बुबा र छोराको हत्या गरेको शंकास्पद एक प्यालेस्टाइनीलाई पक्राउ गरिएको थियो । प्यालेस्टाइनी रेड क्रिसेन्टकाअनुसार नाब्लस शहरमा इजरायली सेनाले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । अल–बिरेह सहरमा, सिगोट बस्ती नजिकै इजरायली सेनाको गोलीबाट एक १६ वर्षीय बालकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले यी दुई घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अक्टोबर ७ मा इजरायली–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण शुरु भएदेखि वेस्ट बैंकमा इजरायलीबाट कम्तिमा २४० प्यालेस्टाइनीको मृत्यु भएको छ ।