२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा ७ प्यालेस्टाइनीको मृत्यु



अ+ अ-

एजेन्सी । वेस्ट बैंकमा इजरायली सैनिकहरूसँगको झडपमा कम्तिमा सात जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जेनिन शरणार्थी शिविरमा रहेको एउटा घरमा इजरायली बम विष्फोटमा परी थप एक युवकको मृत्यु भएको जनाइएको छ । केही घण्टाअघि जेनिनका विभिन्न स्थानहरूमा मुठभेडका क्रममा इजरायली सेनाको गोलीबाट चार प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा आफ्नो अपरेशनको क्रममा पाँच प्यालेस्टिनीहरूलाई मारेको बताएको छ । यो वर्षको सुरुमा इजरायली बुबा र छोराको हत्या गरेको शंकास्पद एक प्यालेस्टाइनीलाई पक्राउ गरिएको थियो । प्यालेस्टाइनी रेड क्रिसेन्टकाअनुसार नाब्लस शहरमा इजरायली सेनाले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । अल–बिरेह सहरमा, सिगोट बस्ती नजिकै इजरायली सेनाको गोलीबाट एक १६ वर्षीय बालकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले यी दुई घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अक्टोबर ७ मा इजरायली–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण शुरु भएदेखि वेस्ट बैंकमा इजरायलीबाट कम्तिमा २४० प्यालेस्टाइनीको मृत्यु भएको छ ।