१६ भाद्र २०८३, मंगलवार
,
Latest
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि गत कात्तिक ११ गते प्रतितोला एक लाख १७ हजार रूपैयाँमा कारोबार हुँदै सुनले नयाँ रेकर्ड बनाएको थियो ।

आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १६ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रूपैयाँले बढेर प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य मूल्य पनि हालसम्मकै उच्च हो ।