२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि गत कात्तिक ११ गते प्रतितोला एक लाख १७ हजार रूपैयाँमा कारोबार हुँदै सुनले नयाँ रेकर्ड बनाएको थियो ।

आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १६ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रूपैयाँले बढेर प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य मूल्य पनि हालसम्मकै उच्च हो ।