२४ श्रावण २०८३, आईतवार
,
Latest
इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान अमेरिकी सिनेटद्वारा सरकारी कामकाज ठप्प हुन नदिन अस्थायी कोष विधेयक पारित कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी चार अर्ब ९३ करोड बढी राजस्व संकलन मर्चवारीमाईमा पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता हुलाकबाट एक करोड राजस्व संकलन हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित बढ्दै ग्यासको आयात, हट्दै अभाव विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा बस्दै



file photo
अ+ अ-

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्न लागेको छ ।

आजदेखि तीन दिनसम्म बैठक बस्न लागेको पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहने बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुने सचेतक परियारले बताए । साथै, बैठकमा सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा पनि छलफल हुनेछ ।

रास्वपाका सभापति रवि लामिछाने यसअघि मङ्सिर ८ गते नै मधेश गईसकेका छन् । उनले बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गरिरहेका छन् । बैठकमा सहभागी हुन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र पार्टी सांसदहरु पनि जाने क्रम जारी रहेको छ ।