१९ आश्विन २०८१, शनिबार
,
Latest
कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सहयोगको उपराष्ट्रपतिद्वारा सराहना



अ+ अ-

भैरहवा (रुपन्देही) : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन भारत सरकार र भारतीय दूतावासले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभएको छ ।

उपराष्ट्रपतिले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीनरुपले नै अतुलनीय रहेको जनाउँदै नेपालको विकास साझेदार बनेकामा भारत सरकारलाई धन्यवाद दिनुभयो ।

आइतबार रुपन्देहीको रोहिणी गाउँपालिका–२, पोखरभिण्डीमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले शैक्षिक क्षेत्रको विकासमा सबै पक्ष र वर्गले सहयोग गर्न आवश्यक रहेको जनाउनुभयो । उहाँले शिक्षकको दरबन्दी र विद्यार्थीको अनुपात मिलाउन लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।

उपराष्ट्रपति यादवले विनाभिसा दुई देशका नागरिक आवतजावत गर्न सक्ने गरी स्थापित नेपाल–भारत सम्बन्ध अन्यत्र विरलै पाइने जनाउनुभयो । दुई देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अन्य मुलुकका लागि उदाहरणीय मात्रै नभई अद्वितीय र प्रशंसनीय रहेको उहाँको भनाइ छ । नेपालको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यमा भारतले गर्दै आएको सहयोगले मुलुकको विकास र समृद्धिमा टेवा पुगेको उपराष्ट्रपति यादवले जनाउनुभयो ।

“नेपाल र भारतबीच रोटीबेटीको सम्बन्धमात्र नभई दुवै देशबीच वैवाहिक, सांस्कृतिक, धार्मिक, पर्यटन एवं रोजगारीका क्षेत्रमा एकअर्काको परिपूरकका रुपमा रहेको छ,” उहाँले भन्नुभयो, “यो सुखद विषय हो, यसलाई जीवन्त बनाइराख्न आवश्यक छ ।”

भारतीय राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले भारतले नेपालसँगको सहकार्यलाई अझै सुदृढ बनाउँदै गएको बताउनुभयो । उहाँले नेपालको विकासमा साझेदार बन्न पाएकोमा खुशी व्यक्त गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर भारतले सहयोग गरिरहेको जानकारी दिनुभयो ।

भारत सरकारको सहयोगमा सञ्चालित ‘हाई इम्पेक्ट कम्युनिटी डेभलपमेन्ट परियोजना’ २० वर्ष पूरा भएको बताउँदै उहाँले यस अवधिमा यस परियोजनाअन्तर्गत पाँच सय ५० भन्दा बढी परियोजना सुरु गरेको बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, दीपक बोहराका तर्फबाट उहाका छोरा प्रज्वल बोहोरा, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सिके गुप्ता लगायतले बोल्नुभएको थियो ।

भारतको अनुदान सहयोगमा नेपाली रु एक करोड ४९ लाखको  लागतमा २०६९ सालमा पोखरभिण्डी माविको भवन निर्माण गरिएको थियो । दुईतले उक्त विद्यालय भवनमा १२ वटा कक्षाकोठा छन् । उक्त विद्यालयमा भारतीय विद्यार्थी पनि अध्ययन गर्छन् ।रासस