• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

झापाको कार्यक्रममा जनसहभागिताका लागि पूर्वराजा शाहद्वारा धन्यवाद व्यक्त



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिवार बिर्तामोडमा आयोजित कार्यक्रममा व्यापक सर्वसाधारणको सहभागिताका लागि धन्यवाद व्यक्त गर्नुभएको छ ।

मेचीनगरस्थित होटल मेची क्राउनमा आइतबार आयोजित चियापान कार्यक्रममा पूर्वराजा शाहले जनसहभागिता जुटाउन खटिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृत्वलाई धन्यवाद दिएको राप्रपाका नेता सुरेश आचार्यले न्युजपोलारलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘अहिलेको कार्यक्रम नै राजाबाट धन्यवाद व्यक्त गर्नका लागि आयोजना गरिएको हो। राजाबाट सबैप्रति आभार प्रकट भएको छ।’

शनिवार झापाको बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरणका कार्यक्रममा हजारौंको संख्यामा मानिस उपस्थित भएका थिए।

मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्‍यालीका साथमा स्कर्टिङ गरेर पूर्णराजा शाहलाई कार्यक्रम स्थल बिर्तामोडसम्म लगिएको थियो ।

पूर्णराजा शाह स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए । कार्यक्रमलाई सफल बनाउन भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन करिब १५ दिनदेखि झापामै हुनुहुन्छ ।