१५ बैशाख २०८२, सोमबार
,
Latest
रत्नपार्कमा उभिएर उत्साहित हुँदै राजावादीले दिए एकताको सन्देश शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छेँ मन्त्रिपरिषद् निर्णय: शिक्षक आन्दोलन वार्ताबाट समाधान गरिने ‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’ सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने ‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौं’ अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान सात सहरमा प्रस्तुति दिन अमेरिकातर्फ नेपथ्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

वसन्तपुरमा लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक कला प्रदर्शनी



अ+ अ-

काठमाडौँ । वसन्तपुरमा लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक कला प्रदर्शनी गरिएको छ ।

आईतवार महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक कला प्रदर्शन गरिएको हो ।

वन क्षेत्रमा हुने लैङ्गिक हिंसाबिरुद्ध प्रदर्शन गरिएको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शनिवारदेखि शुरु भएको हो । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना बिस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा बिरुद्धको राष्ट्रिय अभियान दिवसका रुपमा मनाउने गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानमा आज वसन्तपुरमा सचेतनामुलक नाटकको रुपमा लैङ्गिक हिंसा बिरुद्ध कसरी अघि बढ्ने, कसरी न्युनिकरण गर्ने भन्ने बारेमा सचेतना फैल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान निरन्तर रुपमा गरिरहेका छौँ । आज हामीले वसन्तपुरमा सचेतनामुलक नाटकको रुपमा लैङ्गिक हिंसा बिरुद्ध कसरी अघि बढ्ने, कसरी न्युनिकरण गर्ने भन्ने बारेमा सचेतना फैल्याएका छौँ । लैङ्गिक हिंसाको अन्त्यको कुरा गरिरहँदा हामीले उपस्थितिमा कुन अवस्था छ, त्यसैगरी छलफल, निर्णय, कार्यान्वयन र लाभ वितरणमा लैङ्गिक हिसावले प्रभावकारी बनाउने बारेमा अघि बढीरहेका छौँ ।’

त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी महासचिव पार्वता गौतमले देशव्यापी रुपमा १६ दिने अभियान मनारहेको र सामुदायिक वनमा भएका लैङ्गिक हिंसाका बारेमा सचेतनामुलक कार्यक्रम गरेर देखाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले देशव्यापी रुपमा १६ दिने अभियान मनारहेका छौँ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई हामीले हरेक साल विभिन्न कार्यक्रमका साथ मनाउने गर्दछौँ । सामुदायिक वनमा भएका लैङ्गिक हिंसाका बारेमा के काम गर्छौं भन्ने १६ दिनको कार्यतालिका बनाएर देशव्यापी रुपमा मनाएका छौँ ।’

उहाँले १६ दिनको कार्यतालिका बनाएर देशव्यापी रुपमा विभिन्न सचेतना फैल्याउने काम गरिरहेको बताउनु भयो ।