४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित पक्राउ



अ+ अ-

सिन्धुली । भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित पक्राउ परेका छन् ।

सिन्धुलीको खुर्कोटस्थित राजमार्गमा चेक पोइन्टबाट उनलाई प्रहरीले ब्राउनसुगर र गाँजासहित बुधबार पक्राउ गरेको हो । 

काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३७ वर्षका कार्की सुनसरीबाट काठमाडौं आउदैँ गरेको अवस्थामा विशेष सूचनाका आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ । 

यस्तै, कार्कीलाई लागूऔषध मुद्दामा सिन्धुली अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ।

ट्रकमा राखिएको गीतारको कभरमा ६ दशमलव ९३० ग्राम गाँजासमेत प्रहरीले फेला पारेको छ ।