• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

ताप्लेजुङमा एमाले कार्यकर्ता र पहिचानवादी समूहबिच झडप



काठमाडौँ । ताप्लेजुङमा एमाले कार्यकर्ता र पहिचानवादी समूहबिच झडप भएको छ ।

नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रममा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका हुन् । कार्यक्रममा सचिव योगेश भट्टराई पुगेपछि पहिचान पक्षधरले विरोध गर्दै अवरोधको प्रयास गर्दा भनाभन र झडप भएको थियो ।

चियापान कार्यक्रममा सहभागी हुन एमाले सचिव योगेश भट्टराई, प्रदेश सांसद तिलकुमार मेन्याङवोलगायत गएका थिए । योगेश भट्टराईलाई जिल्ला प्रवेश गर्न नदिने भन्दै पहिचानवादीले अवरोध गरेका थिए ।

एमाले जिल्ला पार्टी कार्यालय अगाडी दुवै पक्षबीच भनाभनपछि सामान्य धकेलाधकेल भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । उनले सामान्यरूपमा नाराजुलुस भएको र अहिले अवस्था सामान्य भएको बताए ।