१५ भाद्र २०८३, सोमबार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन



अ+ अ-

काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का अभियान्ता दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै दायर गरिएको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन परेको छ ।

प्रसाईंको हकमा रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट फिर्ताका लागि निवेदन दिएका हुन् ।

दुर्गा प्रसाईं अहिले बाहिर कार्यक्रममा गइसकेको र घरमा धरपकड नभएको भन्दै रिटको औचित्य सकिएकाले फिर्ता लिन भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले निवेदन थिएका थिए । रिट फिर्ताका लागि निवेदन दिएपनि सर्वोच्चका न्यायाधीश डा.कुमार चुडालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइसकेको छ ।

अब न्यायाधीश चुडालले सुनुवाइ सकिएको र औचित्य सकिएकाले रिट खारेज हुने र निवेदकले नै फिर्ताका लागि निवेदन दिएकाले माग बमोजिम हुने गरी उक्त रिटमा आदेश गर्नेछन् ।