• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन आइतबार सुन–चाँदीको मूल्य बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला छ सय रूपैयाँले बढेर एक लाख १६ हजार नौ सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १६ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार उक्त सुन प्रतितोला एक लाख १५ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रूपैयाँले बढेर १४ सय ८५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।