• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल

सरकारले मुलुकमा विद्यमान अराजकतालाई समेत नियन्त्रण गर्न सकेनः ओली



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढावा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको जिकिर समेत गर्नुभयो । नेपाल संवत ११४४ को अवसर पारेर शनिबार काठमाडौंको वसन्तुपर डबलीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले गल्ती गर्दैमा गणतन्त्र र लोकतन्त्र खराव भन्ने हुनै नसक्ने तर्क गर्नुभयो । गल्ती गर्नेहरु खराव भएपनि लोकतन्त्र र गणतन्त्र खराब हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको रक्षाका लागि आफूहरुले जस्तासुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले राम्रो काम गर्न सकेको छैन । राजनीति अस्थिर बनाएको छ । राजनीति अराजक बनाएको छ । अराजकतालाई नियन्त्रण गर्ने होइन, प्रोत्साहित गरिराखेको छ । समाजमा सुशासन छैन । गुण्डाहरुलाई कारबाही गर्ने, गिरफ्तार गर्ने होइन । गुण्डालाई प्रहरीले गिरफ्तार ग¥योभने सरकारले छोडन लगाउँछ, राष्ट्रपतिले माफी दिन्छन् गुण्डाहरु छानीछानी ।

यो सुशासन भएन । अर्थतन्त्र ध्वस्त बनाएको छ । तस्करी बढेको बढ्यै छ । ३५ क्वीन्टल सुन त अस्तीनै आएको हामीले देख्यौं । जसमध्ये १ क्विन्टल पक्राउ प¥यो । अहिले ६० केजीमा झरेको छ । साँढे नौं केजी सुन पक्राउ प¥यो । अहिले त्यो २ केजी मात्रै छ । यो कुशासनको चर्चा गरी साध्यै छैन । तर यसको अर्थ लोकतन्त्र खराव भन्ने हुन सक्दैन । गणतन्त्र खराव भन्ने हुन सक्दैन । यसको अर्थ जसले गल्ती गरेको छ, त्यो खराब होला । त्यसबाट हामी ढुंगे युगतिर फर्कन सक्दैनौं ।’

अध्यक्ष ओलीले जातको नाममा मुलुकमा द्वन्द्व भड्काउने प्रयास भईरहेको दाबी गर्दै सचेत रहन पनि सबैमा आग्रह समेत गर्नुभयो ।