• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

झापामा पूर्वराजाको ‘क्रेज’: लिङ्देनले शक्ति देखाए-फोटो फिचर



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्न शुक्रबार झापा पुग्नु भयो ।

झापामा शालिक अनावरण कार्यक्रम मात्र थिएन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफनो शक्ति प्रदर्शन गर्ने मौका पनि थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १५ दिनदेखि सोही कार्यक्रमको तयारीका लागि झापा जानु भएको थियो ।

अध्यक्ष लिङ्देन आजको नागरिक उपस्थितीले दंग हुनुहुन्छ । केही साता अघि भक्तपुरमा जादाँ जनमानसबाट पाएको साथ र समर्थन भन्दा कमि हुन्छ कि भन्ने चिन्तामा रहनु भएका लिङ्देन आजको उपस्थिती पछि उत्साहित हुनु भएको जनाईएको छ ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार झापाले नयाँ सन्देश दिएको छ । उहाँले भन्नुभयो ‘कसैलाई निषेध नगरौं, सबैको स्पेस सुरक्षित गरौं, राजनीतिक दल र राजा सहितको नयॅा समझदारी कायम गरौं, देशको विद्यमान संकट समाधान गर्न सम्पूर्ण शक्ति एकीकृत गरौं भन्ने सन्देश झापाले दिएको छ ।’

पूर्वराजा शाहको स्वागतमा बिर्तामोडमा सर्वसाधारणको भीड लागेको थियो । शुक्रबार झापा पुग्नु भएका पूर्वराजा बस्नु भएको मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले हजारौं मोटरसाइकलको र्‍यालीका साथमा पूर्वराजा शाहलाई स्कर्टिङ गरेर बिर्तामोडसम्म पुर्‍याएको थियो ।