• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

भिमादमा सिनियर पुरुष भलिबल प्रतियोगिता हुँदै



तनहुँ । तनहुँको भिमादमा साविक वडा सिनियर पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ । जन शान्ति युवा क्लबको आयोजनामा यही मंसिर १० गते देखि १६ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगिताको विजेता टोलीले नगद रु ६० हजार तथा शिल, मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार नगदका साथै शिल, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार खेलमा सहभागिता जनाउन ७ देखि १० गतेसम्म दर्ता गर्न सकिनेछ । टिम दर्ताका लागि ४ हजार रुपैयाँ तोकिएको छ ।

खेलाडी साविक वडा स्तरीय हुनुपर्नेछ भने एक टिममा ९ जना खेलाडीसहित एक जना टिम कोच रहनेछन् । खेल नकआउट सिस्टममा खेलाइने आयोजकले जनाएको छ ।