• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपको सफलताः फेसबुकमा १० लाख फलोअर्स हुने पहिलो नेपाली खेलाडी ★   मातातीर्थमा तिर्थालुको भीड- तस्बिरहरु ★   राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन: महामन्त्री थापा ★   संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने ★   सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या ★   चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान ★   मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो ★   मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ ★   भारतीय मुलका क्रिकेटरलाई बलात्कार मुद्दामा सफाइ, अस्ट्रेलियाली महिलाले आरोप लगाएकी थिइन् ★   यी चीजहरू उपहारको रूपमा दिनाले सम्बन्धमा खटपट आउँछ

रोटरी इन्टरनेसनलकी ग्रान्ट अफिसर ब्राड्लेद्वारा अर्थोपेडिक अस्पताल निरीक्षण



काठमाडौं: जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको स्थापनाकालदेखि नै आर्थिक, प्राविधिक तथा जनशक्ति व्यवस्थामा निरन्तर सहयोग गरिरहेको रोटरी इन्टरनेसनलका वरिष्ट प्रतिनिधिले अस्पतालको निरीक्षण, अवलोकन गर्नु भएको छ ।

अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीका अनुसार रोटरी इन्टरनेसनलकी ग्रान्ट अफिसर लाउरा ब्राड्लेले अस्पतालको भौतिक, आर्थिक तथा प्राविधिक विषयको जानकारी लिनुका साथै अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अस्पतालले प्रदान गरिरहेको सेवाका बारेमा सोधपुछ गर्नु भएको थियो ।

अस्पताल व्यवस्थापनका तर्फबाट आयोजित संक्षिप्त कार्यक्रममा डा भण्डारीले रोटरी इन्टरनेसनल र नेपालका रोटरी क्लबहरुले लामो समयदेखि अस्पतालको समग्र विकासमा दिइरहेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै आगामी दिनमा पनि सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्नु भएको थियो ।

उहाँले अस्पतालमा आधुनिक उपचार सामग्री तथा अस्पताल भवनको विस्तार गर्नुपर्ने स्थिति रहेको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सस्थापक मेडिकल निर्देशक डा. अनिल बहादुर श्रेष्ठले अस्पताललाई हाल सम्म उपलब्ध गराएको सहयोग प्रति आभार व्यक्त गर्दे आगामी दिनमा सहयोगको निरन्तरता रहने अपेक्षा गर्नुभयो ।

त्यस अवसरमा ग्रान्ट अफिसर ब्राड्लेले नेपाल अर्थोपेडिक अस्पतालको उत्तरोत्तर प्रगतिको लागि रोटरी इन्टरनेसनल सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । अस्पतालका तर्फबाट डा भण्डारी समेतले ब्राड्लेलाई मायाको चिन्हो प्रदान गरिएको थियो ।