• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

२६ करोडमा बिकेका बेन स्टोक्सले आउँदो आईपीएल नखेल्ने



एजेन्सी । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्स कामको बोझ र फिटनेस व्यवस्थापनका कारण इन्डियन प्रिमियर लिग २०२४ (आईपीएल)मा देखिने छैनन् ।

उनको फ्रेन्चाइज चेन्नई सुपर किंग्सले बिहीबार यो घोषणा गरेको हो । ‘इङ्गल्याण्डका टेस्ट कप्तान, अलराउन्डर बेन स्टोक्सले आफ्नो कामको बोझ र फिटनेस व्यवस्थापनका कारण आईपीएल २०२४मा भाग लिने छैनन् ।’ चेन्नईले बिहीबार एक विज्ञप्तिमा भन्यो । ‘सिएसके व्यवस्थापन स्टोक्सलाई आईपिएलअघि भारतसँगको ५ टेस्ट शृङ्खला र त्यसपछि जुन २०२४ मा टी–२० विश्वकप खेल्न इङ्गल्याण्डसँग आफ्नो कार्यभार व्यवस्थापन गर्ने निर्णयमा समर्थन गर्दछ ।’

२५ जनवरीदेखि ११ मार्च २०२४ सम्म भारत र इंग्ल्याण्डबीच भारतमा ५ टेस्टको शृंखला हुनेछ ।

स्टोक्सलाई आईपीएल २०२३ को लिलामीमा चेन्नई सुपर किंग्सले १६.२५ करोड (२६ करोड नेरु)मा किनेको थियो । उनले टोलीको अपेक्षा पूरा गर्न सकेनन् र केवल २ खेल खेले । स्टोक्सले गुजरात टाइटन्सविरुद्ध ७ रन र लखनउविरुद्ध ८ रन बनाएका थिए । लखनउविरुद्ध बलिङ गर्दा स्टोक्सले एक ओभरमा १८ रन दिएका थिए । चोटका कारण उनी सिजनको मध्यमा स्वदेश फर्किएका थिए ।