१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

काठमाण्डौँ घोषणापत्र जारी गर्दै नेपाल संवाद महासम्मेलन २०२३ सम्पन्न

काठमाण्डौँ घोषणापत्र जारी गर्दै नेपाल संवाद महासम्मेलन २०२३ सम्पन्न
अ अ+ अ-

काठमाडौ । नेपाल संवाद महासम्मेलन २०२३ काठमाण्डौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

शान्ति निर्माणका क्षेत्रमा क्रियाशिल ३६ वटा सामाजिक संघसंस्थाहरुको सञ्जाल नेपाल संवाद पहल र युनेस्कोको संयुक्त आयोजनामा २०८० साल मंसिर ४ र ५ गते ललितपुरमा आयोजित उक्त महासम्मेलनमा नेपाल र विश्वमा शान्ति निर्माणका लागि लागि भएका विभिन्न सातवटा संवादका विधि तथा प्रकृयाका बारेमा प्रस्तुतिकरण, विचार विमर्श र संवाद गरिएको थियो ।

महासम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालको भौगोलिक तहको अन्तनिर्भता, जातिगत, धार्मिक, भाषिक हिसाबले पनि सबै पक्षहरु अल्पसंख्यकमै भएकाले यहाँ अन्र्तसांस्कृतिक द्वन्द्व गराउने तत्वहरु बेलाबेलामा देखिने गरेका भए संवादको माध्यमबाट समस्याको समाधान भैरहको र नेपालका विभिन्न धार्मिक तिर्थस्थलले नै बहुधर्मलाई स्विकार गरेको र लुम्बिनीलाई मुस्लिमहरुले जोगाएको र नेपालमा संवादको संस्कृति र परम्परा रहेको चर्चा गर्नुभयो ।

त्यसैगरी जिआइजेडका प्रतिनिधि थेसिसले नेपाल संवाद सम्मेलनको प्रारम्भ जिआइजेड लगाएतका संस्थाहरुले सन् २०१८ बाट प्रारम्भ गरेकोमा हाल नागरिक समाज संस्थाहरुको अग्रसरतामा आयोजना भएकोमा खुशि ब्यक्त गर्दै सह सृजना, सिकाइ र भविष्यको योजना बनाउन सम्मेलनलाई सफलता मिलोस भन्ने मन्तब्य राख्नु भएको थियो ।

त्यसैगरी युनेस्कोका नेपाल प्रतिनिधि क्रोफ्टले यसवर्षवाट युनेस्को पनि सह आयोजकको रुपमा जोडिन पाएकोमा खुशी ब्यक्त गर्दै विश्वले नेपालको सुन्दरताको मनोरञ्जन लिने मात्र भन्दा पनि यहाँको विविधता, सामाजिक सम्बन्धको मजवुद पक्ष, इतिहासबाट धेरैकुरा सिक्न सक्ने र लुम्बिनी जस्तो पवित्र स्थल नेपालमा नै भएकाले धेरै कुराहरु विश्व शान्तिका लागि शिक्षा लिनसक्ने तर्फ चर्चा गर्नुभयो । त्यसैगरी विशिष्ठ अतिथि प्रा. फेरेरले विशेष मन्तब्य राख्दै मनोबाद र संवादको चर्चा गर्दै फिलिपिन्समा वहाँले शान्ति निर्माण प्रकृयामा सरकार र मुस्लिम विद्रोही पक्षलाई सम्वादको मार्फत संवादको टेलमा ल्याई आफु शान्ति स्थापना गर्ने सफल चर्चा गर्नुभयो ।

महासम्मेलनको पहिलो सत्र “संवाद तथा शान्ति निर्माणान राष्टिय दृष्टिकोण” दोस्रो सत्र “हामीले कुरा गर्न आवश्यक छ: समावेशी र शान्तिपूर्ण विश्व निर्माणमा संवादको भूमिको” तेस्रो सत्र “संवाद, समावेशिता र शान्ति निर्माण” चौथो सत्र “संवाद भित्रका संवादहरु”, पाँचौ सत्र “संवाद र सामाजिक सद्भाव प्रवद्र्धनका लागि राज्यको भूमिका”, छैठौँ सत्र “नेपालमा भएकमा संवादका असल अभ्यासहरुको अनुभव आदान प्रदान” र सातौ सत्र “नेपालमा संवादको संस्कृति प्रवद्र्धन गर्न समाजिक संस्थाले अपनाउन पर्ने वकालत बाटाहरु” विषयमा विभिन्न सरोकारवाल निकाय तथा ब्यक्तित्वका माझमा संवाद तथा विचार विमर्श गरिएको थियो ।