• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै  ★   डुबान रोक्न कोशीको ढोका खोल्ने विषयमा दुवै देशबीच समन्वय गर्न जरुरी: महानिरीक्षक अर्याल ★   नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल शुरु ★   बंगलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउने भए: मन्त्री श्रेष्ठ ★   लामखुट्टे नपाइने विश्वको एकमात्र देश ★   मनसुनजन्य विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छ: उपप्रधानमन्त्री लामिछाने ★   डुम्रे-बेँसीशहर दुई लेन सडकमा आठ किलोमिटर कालोपत्र सम्पन्न ★   सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक ★   अस्पतालबाट डिस्चार्ज भएलगत्तै मुनवर फारुकीले दोस्रो विवाह गरेका हुन् ? ★   अमेरिकामा आँधीका कारण १८ को मृत्यु: लाखौँ प्रभावित

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने बैंक



काठमाडौँ : बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा रु तीन अर्ब २० करोड कर दाखिला गरेको थियो । आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदरस्वरुप सम्मानपत्र प्रदान गर्नुभयो ।

हाल बैंकको चुक्ता पुँजी रु ३५ अर्ब ७७ करोड छ । सन् २००७ मा वाणिज्य बैंकका रुपमा बैंकिङ कारोबार सुरुआत गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ती गरी सवल र उत्तरदायी बैंकका रुपमा स्थापित भएको छ ।

व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य सन् २०२५ अनुशरण गरी कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५० शाखा, तीन सय ६९ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४२ लाखभन्दा बढी ग्राहकमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।रासस