१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका छ: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ ।

बिहीवार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले दिगो आर्थिक विकास र निर्माणको लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शुन्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएको भन्दै विकास निर्माणका काम पनि त्यहीअनुसार गरी रहेको बताउनु भयो । उहाँले सरकार दिगो पूर्वाधारको प्रवद्र्धनका लागि प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले दिगो पूर्वाधार विकासको लागि सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माणले हरितगृह उत्सर्जनमा नेपालको ठूलो योगदान रहेको बताउनु भयो । उहाँले दिगो पूर्वाधार विकासको लागि आर्थिक तथा नीतिगत सुधार गर्न आवश्यक पहल गर्ने बताउनु भयो ।