२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका छ: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ ।

बिहीवार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले दिगो आर्थिक विकास र निर्माणको लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शुन्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएको भन्दै विकास निर्माणका काम पनि त्यहीअनुसार गरी रहेको बताउनु भयो । उहाँले सरकार दिगो पूर्वाधारको प्रवद्र्धनका लागि प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले दिगो पूर्वाधार विकासको लागि सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माणले हरितगृह उत्सर्जनमा नेपालको ठूलो योगदान रहेको बताउनु भयो । उहाँले दिगो पूर्वाधार विकासको लागि आर्थिक तथा नीतिगत सुधार गर्न आवश्यक पहल गर्ने बताउनु भयो ।