१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प पीडितको जीवन रक्षा गर्न सरकारलाई एमालेको आग्रह



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पश्चिम नेपालका भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ ।

चिसोमा कठ्याँग्रिएर भूकम्प ज्यान गईरहेको समाचार बाहिर आइरहेका बेला एमाले केन्द्रिय कमिटी बैठकले तत्काल अस्थायी आवास र न्यानो कपडाको व्यवस्था गरी भूकम्प पीडितहरुको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको बैठकले राहत वितरणलाई राजनीतिक प्रचारबाजीको विषय नबनाउन र सबै पीडितलाई पक्षपातरहित ढंगले राहतको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राहत वितरणलाई राजनीतिक प्रचारवाजी नाफाघाटाको सौदाबाजीको विषय बनाइएको छ । यस्ता क्रियाकलापप्रति यो बैठक आपत्ति प्रकट गर्दछ । क्षतिका आधारमा सबै पीडित नागरिकलाई पक्षपातरहित ढंगले राहत वितरणमा सुनिश्चितताको माग गर्दछ । पीडितहरुको पुनस्र्थापनाका लागि ठोस कार्ययोजना सहित अविलम्ब काम थाल्न सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउँदछ । अस्थायी आवास तथा न्यानो कपडा उपलब्ध गराएर भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गर्दछ ।’

त्यसैगरी एमालेले इजरायल–प्यालेस्टाईन दुवै पक्षलाई तत्काल युद्ध बिराम गरी बन्धन बनाइएकाहरुलाई अविलम्व रिहा गर्न पनि अपिल गरेको छ । अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गरी शान्तिको पक्षमा उभिन र संयुक्त राष्ट्र संघको प्र्रश्ताव अनुसार समस्याको शान्तिपूर्ण समाधानमा गर्न पनि दुवै युद्धरत पक्षलाई पार्टीले आह्वान गरेको पनि पार्टीका प्रचार विभाग प्रमुख गौतमले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बैठक इजरायल, प्यालेसटाईनका बीचमा अविलम्व दिगो युद्धविराम गर्न अपिल गर्दै बन्धक बनाइएकाहरुलाई अविलम्ब रिहा गर्न, प्यालेस्टाईनी नागरिकका लागि गाजा क्षेत्रमा निर्वाध रुपमा मानवीय सहायता सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण पालना गर्न, शान्तिको पक्षमा उभिन, र समस्याको शान्तिपूर्ण निकासका लागि संयुक्त राष्ट्र संघको प्रस्ताव अनुरुप दुई राज्य समाधानको प्रस्ताव कार्यान्वयन गर्न संवद्ध पक्षलाई आह्वान गर्दछ ।’

एमाले बैठकले पार्टीका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधनप्रतिे शोक व्यक्त गर्दै शोक प्रश्ताव पनि पारित गरेको छ ।