१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो ।

आज दुई सय ९४ कम्पनीको ४२ लाख १३ हजार दुई सय ८५ कित्ता शेयर ४३ हजार पाँच सय ८३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार सय ९५ बराबरको कारोबार भएको छ ।

म्युचुअल समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव ४९ र जलविद्युत् समूह दुई दशमलव ३६ प्रतिशतले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आठ दशमलव १५ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १० करोड ७६ लाख तीन हजार नौ सय ८३ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्राइम कमर्सियल बैंक प्रमोटर शेयर आठ लाख ५० हजार १० कित्ता कारोबार भएको छ । रासस