१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने हुन्छ: ओली

सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने हुन्छ: ओली
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने बताउनुभएको छ ।

मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकुल वातावरण बनाएकाले सत्तारुढ गठबन्धनले सरकार छोडनुपर्ने ओलीको जिकिर थियो । उहाँले बुधवार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै सरकारले प्रतिगामी शक्तिहरुलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको उल्लेख गर्दै आफ्नो पार्टीलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने चेतावनी पनि दिनुभयो ।

ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबी समेत गर्नुभयो । उहाँले देश अपm्ठ्यारो परिस्थितिमा रहेकाले प्रतिगामी तत्वहरु सल्बलाएको भन्दै देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘अहिलेको सरकारको यो निकम्मापन, जसले प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण सृजना गर्ने र प्रतिगामी शक्तिहरुलाई हौसला प्रदान गर्ने काम गरेको छ । त्यो नालायकी स्विकार्य हुन सक्दैन । कि उपयुक्त ढंगले सरकार चलाउनु पर्छ । होइन भने सरकार छोडनु पर्छ । वैधानिकताको एउटा धागो समातेर यी अहिले गठबन्धनमा छन यिनीहरु । यिनीहरुबाट अव हामीले देखिसक्यौं– हामीलाई समेत पुराना भन्छन नि । उमेरका हिसावले पुराना हुँदैन । हामीसँग कामको हिसावले, विचारका हिसावले कसैको पनि तुलना हुन सक्दैन । हामी नयाँ पार्टी हौ । सर्वथा नयाँ । हाम्रो लामो जीवन छ । लामो यात्रा छ । समृद्ध नेपाल, सुखी नेपालीसम्मको यात्रा छ । एउटा चुनावदेखि अर्को चुनावसम्मको यात्रा होइन ।’

‘मन्त्रीदेखि मन्त्रीसम्मको यात्रा हाम्रो होइन । सांसददेखि सांसदसम्मको हाम्रो यात्रा होइन । वर्तमान अवस्थादेखि समृद्ध नेपाल: सुखी नेपालीसम्मको लामो यात्रा हाम्रो हो । वास्तवमा देश अप्ठ्यारो स्थितिमा छ । यहाँ पुर्‍याउने यही गठबन्धन सरकार हो । र, वास्तवमा यो गठबन्धन रहेसम्म सरकारका भएको हुनाले उहाँहरुले त भन्न पर्ला । यथार्थ चाँही राम्रो छ भन्नुपर्ला उहाँहरुले । यथार्थ चाँही त्यस्तो होइन । यथार्थ यो गठबन्धन सरकारले अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउन सक्ने सम्भावना छैन । यस्तोमा के गर्ने अव ? अहिले विभिन्न प्रकारका शक्तिहरु, विभिन्न प्रकारका राजनीतिक प्रवृत्ति र सोचहरु असफल भईसकेका, इतिहासमा असफल भएका अढाई सय वर्षका राजतन्त्रको इतिहासमा २४० वर्षको इतिहासमा विकास निर्माणको कुरा कहिले थालिएका छ भन्दा २०२० सालबाट कोदारी राजमार्ग बनाएको कुरा छ । २४० वर्ष के हेरेर बस्यो ? दुनियामा बाटो बनेको देखेका थिएन ? नेपालमा बनाउन पर्दैन थियो ?’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधिनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको बताउनु भयो । उहाँले पछिल्लो यो अढाई वर्षको बीचमा मुलुकको राष्ट्रिय हित, गौरव र सम्मान धेरै कमजोर हुन पुगेको पनि दोहोर्‍याउनु भयो । वर्तमान सरकारले मुलुकको असंलग्नता र तटस्थतासम्बन्धि परराष्ट्र नीति पनि धरापमा पारेको ओलीको आरोप थियो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो असंलग्नता धरापमा परेको छ । हाम्रो तटस्थता धरापमा परेको छ । अहिले स्वाधिनता अपहेलित, अपमानित, तिरस्कृत भएको जस्तो छ । यो अवस्था राष्ट्रका लागि शोभनीय र सम्मानजनक होइन । यो परिस्थिति यो अढाई वर्षको बीचमा यो परिस्थिति निर्माण भएको छ । र, यी अढाई वर्षहरुमा देश राष्ट्रिय सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितहरु र राष्ट्रिय गौरव र सम्मानका हिसावले लामो समययता यस्तो कमजोर भएको थिएन । अहिले यो अढाई वर्षमा कमजोर भएको छ । राष्ट्रिय हितको रक्षा होइन, सत्ता प्राप्तीको स्वार्थलाई केन्द्र भागमा राखेर चल्दा देशको स्वाभिमानको र स्वाधिनतको रक्षा होइन, सत्ताका निम्ति अरुका लागि कम्फटेवल भईदिने नीतिले गर्दा यी कुराहरु कमजोर बनेका छन । जो अत्यन्तै गम्भिर कुराहरु हुन । यसले हामीलेलाई अप्ठयारो भविष्यहरु तर्फ धकेल्न सक्ने खतराहरु पैदा भएका छन ।’

त्यस अवसरमा अध्यक्ष ओलीले बामपन्थी एकतामा भन्दा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउने काममा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत पनि गराउनुभएको थियो ।